सुशान्त सिंह राजपूतले झैं आ’त्महत्या गर्नेछु’ भन्दै युवतीले लगाइन् पा’सो

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको नि’धनपछि उनको परिवार र प्रशंसक अति वि’चलित भएका छन् । सुशान्तले आखिर किन यस्तो गरे भन्ने प्रश्न सबैमा ख’ट्किएको छ । यसैबीच भारतको मध्य प्रदेशमा सुशान्त सिंहको नाम लिएर २० वर्षीया एक युवतीले आ’त्महत्या गरेकी छिन् ।

भारतीय सञ्चार माध्यमका अनुसार ती युवतीले आ’त्महत्या गर्नु केहि घण्टा अघि मात्रै सुशान्त सिंह राजपूतले झैं आ’त्महत्या गर्नेछु भनेर भाउजुलाई बताएकी थिइन् ।

युवतीका भाइलाई उद्धृत गर्दै स्रोतले बताए अनुसार बिहान मात्रै युवतीले भाउजुसँग सुशान्त सिंह राजपूतले झैं आ’त्महत्या गर्छु भनेर ठट्टा गरेकी थिइन् । उनले भने, ‘जब उनले भाउजुलाई यसो भनिन् तब भाउजुले आजकाल तिम्रो धेरै मुख चल्न थालेको र यसबारे आमा र दाइलाई कुरा लगाइदिने भन्नुभएको थियो । आफूले ठट्टा मात्र गरिरहेको भन्दै उनी हाँसेर त्यहाँबाट गएकी थिइन् ।’

स्रोतका अनुसार पछि जब घरका सबै सदस्य आ–आफ्नो काममा व्यस्त भए तब उनले घरको छतमा गएर पा’सो लगाएकी थिइन् ।

युवतीकी आमा र भाउजुले उनलाई झु’ण्डिरहेको देखेपछि तत्काल डाक्टर बोलाएर अस्पताल पुर्याए, त्यहाँ उनलाई मृ’त घोषित गरियो । घट’नाबारे प्रहरीलाई पनि जानकारी दिइएको छ ।

यस्तै, केहि दिन अघि बरेलीमा १० कक्षामा पढ्ने छात्रले सुशान्त सिंहको आ’त्महत्याको खबर टिभीमा देखेपछि आफूपनि पङ्खामा झु’ण्डिए । ती छात्रले आफ्नो सु’साइड नोटमा ‘सुशान्त सिंहले त आ’त्महत्या गर्न सक्छन् भने म किन सक्दिनँ ?’ भनेर लेखेको स्रोतले बताएको छ ।

यद्यपि, ती छात्रले आफ्नो सु’साइड नोटमा आफूमा तेस्रोलि’ङ्गीजस्तो लक्षण देखिएको र अनुहार पनि महिलाजस्तो भएकाले मानिसहरुले खिल्ली उडाउने गरेको पनि लेखेका थिए । प्रहरीले यसबारे अ’नुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति ५ असार २०७७, शुक्रबार ०३:२०