दैलेखमा ३३४ जनाले कोरोना जितेर खुशी हुदै घर फर्के

असार – कोरोना सं’क्रमणको उच्च जो’खिम मानिए पनि जिल्ला स्वास्थ्य कार्यालय दैलेखको तथ्याङ्कले भने कोरोना जितेर घर फर्कनेको सङ्ख्या ह्वात्तै बढेको देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन थीरप्रसाद रेग्मीले बुधबार ३३३ र र आज बिहीबार एक जना कोरोना जितेर घर फर्केको जानकारी दिनुभयो ।

क्वारेन्टिन र आइसोलेशनमा २५ दिन पुगेका र दुई पटकसम्म पिसिआर गरिसकेका नागरिकलाई कुनै पनि लक्षण नदेखिएपछि जिल्ला सुरक्षा परिषद्ले निर्णय गरेर घर पठाउने गरेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिनुभयो ।

दैलेखमा कोरोना सं’क्रमित ७२१ पुगेका छन् । करीब एक हजारको रि’पोर्ट आउन अझै बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।(रासस)

प्रकाशित मिति ४ असार २०७७, बिहीबार १३:५९