सुशान्तको मृत्युमा करण, एकता, भन्साली, सलमानसहित ४ जनाविरुद्ध मु’द्दा दायर

एजेन्सी, बलिउड निर्माता तथा निर्देशक करण जोहर, एकता कपुर तथा सञ्जयलीला भन्साली र अभिनेता सलमान खानसहित अन्य ४ जनावि’रुद्ध मु’द्दा दायर भएको छ ।

बुधबार एक वकिलले उनीहरूलाई अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको कारण रहेको बताउँदै बिहार अदालतमा मु’द्दा दायर गरेका हुन् ।

इन्डियन मिडियाका अनुसार वकिल सुधिरकुमार ओझाले करण, एकता, भन्साली, सलमानसहित अन्य ४ जनावि’रुद्ध मु’द्दा दायर गरेका छन् ।

ओझाले दायर गरेको मु’द्दामा आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशको पनि नाम रहेको छ ।

उजुरीमा वकिल सुधिरले सुशान्त सिंह राजपूतलाई करिब सात फिल्महरूबाट हटाइएको र उनका केही फिल्महरू पनि रिलिज गर्न नदिएका कारणले उनलाई यसतो चरम कदम चाल्न बा’ध्य तुल्याएको आ’रोप लगाएका छन् ।

यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बा’धा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडिएको मु’द्दामा उल्लेख छ ।

डि’प्रेसनमा रहेको कारण अभिनेता सुशान्तले आइतबार मुम्बईमा बान्द्रास्थित आफ्नै फ्ल्याटमा आ’त्महत्या गरेका थिए ।

वकिल ओझाका अनुसार उनले सेक्सन ३०६, १०९, ५०४ र ५०६ अन्तर्गत मु’द्दा दायर गरेका हुन् ।

अदालतले आगामी ३ जुलाईका लागि सुनुवाइ मिति दिएको छ ।लामो समयदेखि डि’प्रेसनमा रहेको कारण अभिनेता सुशान्तले आइतबार मुम्बईमा बान्द्रास्थित आफ्नै फ्ल्याटमा आ’त्महत्या गरेका थिए ।

प्रकाशित मिति ३ असार २०७७, बुधबार १४:३६