कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्‍यो

काठमाडौं : कोरोना भा’इरसले मृत्यु हुनेको संख्या २० पुगेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोनाले थप एक जनाको ज्यान गएको छ।

देवकोटाका अनुसार बाँके बैजनाथ गाउँपालिका-६ कि ४६ वर्षीया महिलाको ज्यान गएको हो। नेपालगजञ्ज शिक्षण अस्पताल कोहलपुरमा जेठ ३० गते मृगौ‌ला समस्याका कारण भर्ना भएकी थिइन्। कोरोना परिक्षणका क्रममा उनको कोरोना रि’पोर्ट पोजिटिभ देखिएको देवकोटाले बताए।

त्यस्तै बुधबार एकै दिन पाँच सय ८६ जनामा कोरोना भा’इरस (कोभिड–१९) सं’क्रमण पुष्टि भएको छ। योसँगै सं’क्रमितको संख्या सात हजार एक सय ७७ पुगेको छ।

प्रकाशित मिति ३ असार २०७७, बुधबार १०:५१