बहुविवाहको आ’रोपमा सात वर्षपछि जेल

सप्तरी, ३ असार – बहुविवाहको आ’रोपमा सप्तरीको बोदेबर्साइन नगरपालिका–९ देउरीका २७ वर्षीय विश्वनाथ साहलाई प्रहरीले प’क्राउ गरेको छ ।

सप्तरी जिल्ला अदालतबाट एक वर्ष कै’द स’जाय पाएका आ’रोपित साह सात वर्षपछि प’क्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्ला अदालतले विसं २०७० माघ १२ गते बहुविवाह मु’द्दामा साहलाई एक वर्ष कै’द स’जायको फैसला गरेको थियो ।

प’क्राउ परेका अ’भियुक्तलाई कै’द स’जायका लागि राजविराज कारागारमा थुनामा पठाइएको छ । जेठी श्रीमती आशाकुमारी साहले आफू श्रीमती हुँदाहुँदै आ’रोपित साहले बलानबिहुल गाउँपालिका–४ बेल्हीकी २२ वर्षीया भवानीकुमारी साहसँग विसं २०६९ मा विवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।

जेठी श्रीमतीले आ’रोपित विरु’द्ध जिल्ला प्रहरी कार्यालयमा २०६९ चैत ९ गते वैवाहिक ब’लात्कारको उ’जुरीसमेत दर्ता गर्नुभएको थियो ।

वैवाहिक बला’त्कारको आ’रोपमा २५ दिन थुनामा रहेका आ’रोपित २०७० वैशाख ४ गते रु २५ हजार धरौटीमा रिहा भएका थिए भने फै’सला हुँदा सफाइ पाएको इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिनुभयो । सप्तरी जिल्लाका लागि यो वैवाहिक बला’त्कारको मु’द्दा पहिलो रहेको जिल्ला अदालतले जनाएको छ ।(रासस)

प्रकाशित मिति ३ असार २०७७, बुधबार ०२:५७