आज थप ३ सय ८० जनामा को’रोना, संक्र’मितको संख्या ६ हजार पाँच

विराटनगर, २ असार । पछिल्लो २४ घण्टायता नेपालमा थप ३ सय ८० जनामा को’रोना भा’इरस (कोभिड–१९) संसं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार थप ३ सय ८० जनामा को’रोना पोजिटिभ देखिएको हो ।

यससँगै नेपालमा को’रोना संक्र’मितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।

जसमा महिलाहरूको संख्या ४ सय ९९ रहेको छ भने पुरुषको संख्या ६ हजार ९२ रहेको छ ।

संक्रमितमध्ये एक हजार एक सय ५८ जना निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टायता थप ११७ जनाले को’रोना जितेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति २ असार २०७७, मंगलवार १०:५५