वि.सं.२०७७ साल आषाढ ०२ गते । मंगलबारको-राशिफल

वि.सं.२०७७ साल आषाढ ०२ गते । मंगलबार । ईश्वी सन् २०२० जुन १६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ कृष्णपक्ष । तिथि– दशमी,०१ घडी ०८ पला,बिहान ०५ बजेर ३७ मिनेट उप्रान्त एकादशी । नक्षत्र– अश्विनी,अहोरात्र । योग– शोभन,२३ घडी ४८ पला,दिउसो ०२ बजेर ४१ मिनेट उप्रान्त अतिगण्ड । करण–भद्रा,बिहान ०५ बजेर ३७ मिनेट उप्रान्त बव,बेलुकी ०६ बजेर३६ मिनेट उप्रान्त वालव । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–मेष ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

परिवार तथा आफन्तजन सँग सँगै रहेर दिन कटाउन पाउदा मन प्रशन्न रहनेछ । आत्मविश्वासमा बृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत् अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । तरपनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्या बढ्ने तथा औषधी उपचार खर्च बढेर जानेछ । अन्य काममा सहभागी हुदा पढाइ लेखाइ भने थाती रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

अध्ययनमा अध्यापनमा मन जाने हुनाले नयाँ नयाँ कुराको खोजमा समय बित्नेछ । माया प्रेममा रमाउँन सकिने समय रहेकोछ । ईच्छित चाहनाहरु पूरा हुने हुनाले मन चङगा हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा म’न्दि आउने तथा घा’टा लाग्नेछ ।

कर्कट

(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बुवा तथा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनेछ भने आफन्त तथा सहयोगी हरुले तपार्ईँकै साथ दिनेछन् ।  सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तरपनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

साथिभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा धर्म तथा सस्कृतीसँग सम्वन्धीत सामानको कारोबार फस्टाएर जानेछ । अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डो’रो क’सिलो भएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

व्यापारमा उधारो लगेर नतिर्नेहरु हा’बि हुनेछन् भने आम्दानी नहुनाले दैनिकी प्रभावित हुनेछ । माया प्रेममा तित्तता आउँने तथा दाम्पत्य जीवनमा एक अर्कालाई शं’काको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ । समय र परिस्थितिको राम्र्रो सँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला काम बिग्रन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगी बढ्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको व्यापारमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा म’न्दि आउँने तथा घा’टा लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

पुरानो रोग तथा स्वास्थ्य सम्वन्धी समस्या हल भएर जानेछ । बिद्यामा गरेको लगानीबाट राम्रै प्रतिफल पाइने योग रहेकोछ । तरपनि काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाढि बढ्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पती पाउँने योग रहेकोछ भने प्रेममा सामिप्यता वढेर जानेछ । सन्तान,छोराछोरी तथा आफन्तसँग रमाईलो यात्राको तय गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

प्रतिस्पर्धीहरुले काममा अवरोध पु¥याउँन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपार्ईँ आफ्नै कारणले पछी पर्नु हुनेछ । सामान्य छाती सम्वन्धी समस्या आउँन सक्छ ख्याल गर्नुहोला । तरपनि कृषी तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आफन्त तथा दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ । पढ्न लेख्न मन लाग्नेछ भने नतिजा तपार्ईँ आफ्नै पक्षमा पार्न सकिनेछ । प्रणय सम्बन्धमा बिस्वासको वाताबरण बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा कामहरु हुनेछन् । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

साथिभाई सँगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई अरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रगती भएर जानेछ । पुराना आर्थिक मु’द्दाहरु हल भएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ

प्रकाशित मिति २ असार २०७७, मंगलवार ००:५२