क्वा’रेन्टिनमा बसेकी महिलालाई सा’मुहिक ब’लात्कार

कैलाली । कैलालीको लम्कीमा क्वा’रेन्टिनमा बस्दै आएकी एक महिला ब’लात्कारको शि’कार भएकी छिन् । भारतबाट गत जेठ २० गते आएर स्थानीय क्वा’रेन्टिनमा बस्दै आएकी ल’म्कीचुहा नगरपालिका वडानम्बर १ की ३१ वर्षीय महिला शनिबार राति ब’लात्कृत भएकी हुन् ।

स्थानीय स’हिद स्मृति विद्यालयको क्वा’रेन्टिनमा २० गतेदेखि नै बस्नै आएकी उनलाई त्यही स्वयम्सेवकको रुपमा कार्यरत तीन युवाले म’ध्यरातमा सामूहिक ब’लात्कार गरेको पी’डितले बताएकी छिन् । आफूमाथि ब’लात्कार भएको भन्दै उनले इलाका प्र’हरी कार्यालय लम्कीमा उ’जुरी कि’टानी जा’हेरीसहित उ’जुरी दिएकी छिन् । उनको उ’जुरीको आधारमा प्रहरीले ३ जनालाई आइतबार साँझ प’क्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतिक विष्टले २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्ष्मण विक र सज्जन बिकलाई प’क्राउ गरेर अनु’सन्धान भइरहेको जानकारी दिए । उनीहरु त्यहाँ कार्यरत स्वयम्सेवक भएको बुझिएको छ । अ’भियु’क्तहरुले मध्यराति महिलालाई ज’बरजस्ती सु’तेको स्थानबाट बाहिर बोलाएर सा’मूहिक ब’लात्कार गरेको प्रहरीलाई बताएकी छिन् ।

पी’डित महिला भारतको बैंग्लोरबाट कैलाली आएपछि क्वा’रेन्टिनमा बस्दै आएकी थिइन् भने घ’टना भएको राति उनी विद्यालयको एउटा कोठामा एक्लै रहेकी थिइन्

प्रकाशित मिति ३२ जेष्ठ २०७७, आईतवार १७:४४