बलिउड अभिनेता सुशान्तसिंह राजपुतले गरे आ’त्महत्या

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आ’त्मह’त्या गरेका छन्। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पा’सो लगाएर आ’त्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अभिनेता लकडाउनको बेला एक्लै बस्दै थिए । प्रहरी उनको अपार्टमेन्ट पुगेको छ तर आ’त्मह’त्याको कारण भने खुलेको छैन। भारतयी सञ्चार माध्यमले जनाएअनुसार उनी केहि दिन देखि अस्व’स्थ महसुस गरिरहेका थिए ।

राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए। कम उमेरमै बलिउडमा स्थापित ३४ वर्षीय सुशान्तले ‘पिके’, ‘केदारनाथ’, ‘एमएस धोनी’, ‘छि’चो’रे’ लगायत फिल्ममा सक्रिय भमिकामा थिए । जी टिभीको चर्चित सिरियल ‘पवित्र रिस्ता’ मा सुशान्त आफ्नी पूर्वप्रेमिका अंकिता लो’खन्डेसँग प्रमुख भूमिकामा थिए ।

पछिल्लो पटक उनले इन्स्टाग्राममा आमाको तस्बिर राखेका उनले किन आ’त्मह’त्या गरे त्यसको कारण खुलेको छैन । राजपुतको श’वको पो’ष्टमार्टम रि’र्पोट भने आउन बाँकी छ ।

प्रकाशित मिति ३२ जेष्ठ २०७७, आईतवार १०:०९