आयो खुसीको खबरः हङकङले बनायो कोरोना भाइरस विरुद्धको खोप

१५ माघ २०७६,

कारोना भा’इरसको खो’प आविष्कार भएको हङकङका अनुसन्धानकर्ताहरुले बताएका छन्। यद्यपि यसलाई परीक्षण गर्न केही समय लाग्ने उनीहरुको भनाई छ।

सरुवा रो’ग विशेषज्ञ प्राध्यापक युन कोकले आफ्नो अनुसन्धान टोलीले खो’प विकास गरेको बताएका हुन्। १ सय ६ जनाको ज्या’न लिइसकेको कोरोना भा’इरसको खो’प विकास गर्न चीन र अमेरिकाका वैज्ञानिकहरु समेत लागि परेका छन्। युनिभर्सिटी अफ हङकङका प्राध्यापक युनले भन्छन्, हामीले खो’प त उत्पादन गरिसक्यौँ, तर जनावरमा परीक्षण गर्न लामो समय लाग्नेछ ।

जनावरमा परीक्षण गर्न महिनौँ र त्यसपश्चात् मानिसमा प्रयोग गर्न अर्को एक वर्ष लाग्न सक्ने बताईएको छ। चीनको हुबेई प्रान्तस्थित वुहानबाट फैलिएको यो भा’इरस १ दर्जनभन्दा बढी मुलुकमा पुगिसकेको छ। जसबाट कम्तीमा ४ हजार मानिस बि’रामी परिसकेका छन्।

कोरोना भा’इरसका कारण ज्या’न गु’माउनेको सङ्ख्या एक सय ६ पुगेको चिनियाँ अधिकारीहरुले बताएका छन्। ४ हजारभन्दा बढी यो भा’इरसबाट स’ङ्क्रमित भएका बताईएको छ। कोरोना भा’इरस फैलने क्रम तीव्र भएपछि वुहान शहरलगायत अन्य केही शहरमा भ्रमण यात्रा गर्न प्र’तिबन्ध लगाइएको छ

सिङ्गापुर र जर्मनीमा पनि यो भा’इरसको सं’क्रमण भएपश्चात् अन्तर्राष्ट्रियस्तरमा सङ्क्रमित हुनेको सङ्ख्या पनि बढेको छ। चिनियाँ नयाँवर्ष ‘लुनार’ को समयमा कोरोना भा’इरसले प्र’कोपको रुप लिएको हो।

यो पर्वका अ’वसरमा लाखौँ चिनियाँहरु आफन्त र साथीहरुलाई भेट्न जाने गर्दछन् । भा’इरस फैलिएपश्चात् त्यसको प्रसारमा रोक लगाउन नयाँ वर्षको बिदा गएको आइतबार ३ दिन पर सारिएको छ।

प्रकाशित मिति १५ माघ २०७६, बुधबार ११:५४