निराशालाई शक्तिमा बदलेरअगाडि बढौ : नायिका स्वेता खड्का

काठमाडौ, जेठ ३१-चलचित्र ‘कहाँ भेटिएला’ बाट डेब्यु गरेकी चर्चित नायिका श्वेता खड्काले हालै सामाजि संजालमा एक स्टाटस लेखेकी छिन् । सानो उमेरमा ठूलो चोट भोगेकी उनले पति श्रीकृष्ण श्रेष्ठको क्यान्सरका कारण मृत्यु भएपछि नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर बनाउन लागेकी हुन् । चलचित्रमा भन्दा पनि समाजसेवाबाट धेरैले रुचाएकी नायिका श्वेताले अभिनयको सुरूवात सन् २०१० मा नेपाली चलचित्र कहाँ भेटिएलाबाट पाइला टेकेकी हुन ।

पहिलो चलचित्रबाट नै धेरे फ्यानको मन मुटुमा बस्न सफल भएकी उनले हालसम्म दर्जनौ चलचित्रमा अभिनय गरिसकेकी छिन् । स्वेता श्रीकृष्ण श्रेष्ठको ‘कहाँ भेटिएला’बाट नेपाली फिल्ममा डेब्यु गरिन र श्रीकृष्णकै अर्को फिल्म ‘कोहिनुर’ खेलेपछि उनीहरुले बिहे गरेका थिए ।


बिवाहको एक महिनामा नै श्रीकृष्णको निधन भएपछि उनी अहिले सिंगल जीबन बिताइरहेकी छन् ।श्वेता श्री फाउन्डेसन’मार्फत माझी बस्ती निर्माण गरिहेकी स्वेता सामाजिक कार्यमा पनि उत्तिकै सकृय रहेकी छन् । अहिले उनि लकडाउनका कारण घर मानै दिनहरु बिताएकी छिन् ।

सामाजिक कार्यमा सक्रिय रहँदै आएकी उनी पछिल्लो समय आफू पनि बचौं अरुलाई पनि बचाऔं भन्ने उद्देश्य अनुरुप सामाजिक सञ्जालमा कोरोना भा’इरस वि’रुद्ध जनचेतना जगाउने स्टाटस पोस्ट गर्दै आएकी छिन् ।

केहि समय पहिला सामाजिक संजालमा योगा गरेका शेयर गरेकी उनले निराशालाई शक्तिमा बदलेर अगाडि बढ्ने हिम्मत जुटाउँदा सानो(सानो कुरामा पनि खुशी प्राप्त हुने विश्वास गरेक छिन् ।

प्रकाशित मिति ३१ जेष्ठ २०७७, शनिबार १३:३६