दैलेखमा २० महिने बालकसहित २२ जनाले जिते कोरोना

दैलेख, । दैलेखको नारायण नगरपालिकाका २० महिने बालकसहित २२ जना कोरोना सं’क्रमित निको भए घर फर्किएका छन् ।

शुक्रबार नारायण नगरपालिकाको सरस्वती मावी तर्ताङ्गमा निर्माण गरिएको दैलेख अस्पतालको आ’इसोलेसन वार्डमा उपचाररत २२ जना निको भइ घर फर्किएका छन् ।

उनीहरूलाई दोस्रो पटक गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि शुक्रवार डिस्चार्ज गरिएको हो ।

कोरोना सं’क्रमण पुष्टि भएका अधिकांशले दुई हप्ता र केहीले २० दिनमा कोरोना निको भएपछि घर फर्किएका हुन् ।

यससँगै देलेखमा कोरोना जित्नेको संख्या २६ पुगेको छ । यसअघि डुङ्गेश्वर गाउँपालिकाका एक जना र दुल्लु नगरपालिकाका तीन जना कोरोना निको भएर डिस्चार्ज भइसकेको छन् ।

प्रकाशित मिति ३० जेष्ठ २०७७, शुक्रबार ०८:२७