धनुषामा दु’र्घटनामा एक दम्पतिको ज्या’न गएको छ ।

१५ माघ, जनकपुरधाम ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ स्थित गोदारमा भएको दु’धटमामा एक दम्पतिको ज्या’न गएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ६४ प ३०४८ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स १ च १८५८ नम्बरको जिप बुधबार एकआपसमा ठो’क्किँदा मोटरसाइकलमा सवार उनीहरूको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

दु’र्घटनामा परी सोही ठाउँ बस्ने मोटरसाइकल चालक ५० वर्षीय जोगेन्द्र साह र उनकी ४० वर्षीया पत्नी प्रमिला साहको घ’टनास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

दु’र्घटनामा साहका ९ वर्षीय छोरा जोन साह समान्य घा’इते भएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । घा’इते जोनलाई उपचारका लागि समर अस्पताल गोदार पठाइएको उनले बताए ।

प्रकाशित मिति १५ माघ २०७६, बुधबार ०९:४५