आमाले दुई महिने छोरीलाई मुखमा टेप बाँधेर ह’त्या गरिन्, श’व नालीमा फ्याँ’किन्

भारतको कोलकातामा ३५ वर्षकी एक महिलाले आफ्नी दुई महिने छोरीको ह’त्या गरेकी छिन् । महिलाले सुरुमा बालिकाको अनुहार सेलोटेपले बेह्रिदिइन् जसका कारण सा’स फेर्न नसकेपछि उनको मृ’त्यु भयो । पछि उनले बालिकाको श’वलाई घर नजिकैको नालीमा फ्याँकिदिइन् । महिलालाई अहिले पुलिसले प’क्राउ गरेको छ । पुलिसले महिला पो’स्टपार्टम डि’प्रेशनको शि’कार भएको हुनसक्ने अनुमान गरेको छ ।

के हो पूरा मामला ?

टाइम्स अफ इन्डियाको एक रिपोर्ट अनुसार महिला आफ्नो परिवारसँग कोलकाताको सिआइटी रोडस्थित एक अपार्टमेन्टमा बस्थिन् । २६ जनवरीमा बालिकाका लागि केही धार्मिक कार्यक्रमको आयोजना गरिएको थियो । महिलाका श्रीमान् र सासु घरमा पूजा गर्न पण्डित बोलाउन मन्दिर गएका थिए । महिलाका ९ वर्षका छोरा पनि उनीहरुसँगै गएका थिए । उनका ससुरा पनि कुनै काम विशेषले बाहिर गएका थिए । महिलाले घरकी सहयोगीलाई कुनै कामसहित बालकनी पठाएकी थिइन् । उनी छोरीसँग कोठामा एक्लै थिइन् । त्यति नै बेला उनले छोरीको मुखलाई टेप बेह्रेर उनको ह’त्या गरिन् र श’वलाई नालीमा फ्याँकिदिइन् ।

महिलाका श्रीमान् जब घरमा आइन् तब उनी बे’होसीको अवस्थामा भेटिइन् र छोरी घरबाट गायब थिइन् । त्यसपछि पुलिस बोलाइयो । महिलाले पुलिसलाई एक अज्ञात व्यक्तिले ढोका ढ’क्ढकाएको र ढोका खोल्दा ती व्यक्तिले धक्का दिएपछि आफू बे’होस भएको बताइन् ।

पुलिसले सिसिटिभी फुटेज अनुसन्धान गर्दा कोही पनि अज्ञात व्यक्ति देखिएनन् । महिलासँग पुनः सोधपुछ गर्दा उनले छोरीलाई मा’रेको स्विकार गरिन् । उनले छोरीलाई मार्ने योजना दुई हप्तादेखि गरिरहेको पनि जानकारी दिइन् । छोरीका कारण आफूले आराम नपाएको र राम्रोसँग सुत्नसमेत नपाएको भन्दै उनले छोरीको ह’त्या गरेको पुलिसलाई जानकारी दिइन्

पुलिसले महिला पो’स्टपार्टम डि’प्रेशनको शि’कार भएको वा उनले छोरी नचाहेको हुनसक्ने अनुमान गरेको छ । कुनै अर्को कारण पनि हुनसक्ने बताइएको छ । साथै महिलाको मान’सिक स्थितीको अनुसन्धान पनि भइरहेको बताइएको छ । यस्तै, बालिकाको श’वलाई नालीमा भेटिएको पनि बताइएको छ ।

प्रकाशित मिति १५ माघ २०७६, बुधबार ०९:२२