एचबिओ म्याक्सले हटायो ‘ग’न विथ द विन्ड’

एचबिओ म्याक्स टेलिभिजन च्यानलले ‘ग’न विथ द विन्ड’ फिल्मलाई अमेरिकाको स्ट्रिमिङ सेवाबाट हटाएको छ। जातीय विभेदलाई प्रोत्साहित गरेको भन्दै कल आएपछि एचबिओ म्याक्सले ‘ग’न विथ द विन्ड’ फिल्मलाई अमेरिकाको स्ट्रिमिङ सेवाबाट हटाएको थियो।

एचबिओ म्याक्सले सन् १९३९ मा निर्मित ‘ग’न विथ द विन्ड’ फिल्मबारे भनेको थियो, ‘तत्कालिन समयको उपज फिल्म भएकाले वर्गीय र जातीय पूर्वाग्रहलाई चित्रित गरिएको थियो। जुन त्यतिबेला गलत थियो र आज पनि गलत छ।’ अमेरिकाको गृहयु’द्धको अवधि र त्यसपछिको सेटमा तयार भएको ‘ग’न विथ द विन्ड’ फिल्मले दास प्रथालाई प्रोत्साहन गरेको आ’रोपमा लामो समयदेखि वि’वादित थियो। मार्गरेट मिसेलको उपन्यासमा आधारित ‘ग’न विथ द विन्ड’ फिल्ममा दास पात्रहरु प्रस्तुत गरिएको छ। सो पात्रहरु फिल्ममा सन्तुष्ट देखिन्छन् र दास प्रथा हटेपछि पनि आफ्नो पूर्वमालिकहरुप्रति वफादार रहन्छन्।

‘ग’न विथ द विन्ड’ फिल्मले १० अस्कर अवार्ड जित्दै सबैभन्दा बढी आम्दानी गर्ने फिल्म समेत भएको थियो। सो फिल्ममा घरेलु कामदारको भूमिका निर्वाह गरेकी ह्याट्टी म्याकडानियल अस्कर अवार्डमा मनोनित हुने पहिलो अश्वेत अभिनेत्री हुन्।

मार्गरेट मिसेलको उपन्यासमा आधारित ‘ग’न विथ द विन्ड’ फिल्ममा दास पात्रहरु प्रस्तुत गरिएको छ। सो पात्रहरु फिल्ममा सन्तुष्ट देखिन्छन् र दास प्रथा हटेपछि पनि आफ्नो पूर्वमालिकहरुप्रति वफादार रहन्छन्।

यस हप्ता अमेरिकी सञ्चार माध्यममा लेख्दै लेखक जोन रेड्लीले सो फिल्मले ‘वर्गीय वि’भेद’ प्रोत्साहित गरेको छ।

‘यस फिल्ममा सो समयका सबैभन्दा प्रतिभाशाली हलिउड कलाकारहरु थिए। उनीहरुले इतिहासको भावनात्मकताका साथ सँगै काम गरेका थिए,’ उनले लेखेका थिए।

एचबिओ म्याक्सले विज्ञप्तिमार्फत ‘ग’न विथ द विन्ड’ फिल्मलाई यसको स्ट्रिमिङ सेवामा राख्नु ‘गै’रजिम्मेवारपूर्ण’ हुने छ। जसले ‘जातीय तथा वर्गीय विभे’दको चित्रण’ गरेको हुँदा ‘व्याख्या र नि’न्दा’ नगरी फिल्मलाई हटाएको थियो। ‘जातीय तथा वर्गीय वि’भेदप्रति पू’र्वाग्रहको अस्तित्व कहिल्यै नभएको दावी गर्नु बराबर हुनेछ,’ एचबिओ म्याक्सले विज्ञप्तिमा उल्लेख गरेको थियो।

त्यस्तै नेटफ्लिक्स, ब्रिटबक्स र बिबीसी आईप्लेयरबाट ‘लिटिल ब्रिटेन’ लाई हटाउने भएको छ। एचबिओ म्याक्सको यस कदम जातियता र पुलिस क्रु’रताका वि’रूद्ध जारी आन्दोलनको बीचमा आएको थियो। प्रहरी नियन्त्रणमा अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोयडको ह’त्या भएपछि अमेरिकासहित विभिन्न देशहरुमा वि’रोध प्रदर्शन भइरहेका छन्। जर्ज फ्लोयडको ह’त्यापछि जारी ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलनको लागि सेलिब्रेटीहरूले समर्थनसँगै आर्थिक सहयोग समेत गरिरहेका छन्।

प्रकाशित मिति २९ जेष्ठ २०७७, बिहीबार ०५:४२