हेटौँडा, मकवानपुरमा ज्वाइँले सासूको ह’त्या गरेका छन् ।
मकवानपुरगढी गाउँपालिका वडा नं १ फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया भोम्जनलाई उनकै कान्छा ज्वाइँ पदमबहादुर नेपालीले ह’त्या गरेको प्रहरीले जनाएको छ ।
अ’पाङ्गता भएकी छोरीसँग बस्दै आएकी वृद्धाका घरमा गत वैशाख ११ गतेदेखि प्यूठान घर भएका ज्वाइँ प्रहरीका पूर्व हबल्दार नेपालीसमेत बस्दै आएका थिए ।
उनै नेपालीले धा’रिलो ह’तियार प्र’हार गरेर सासूको ह’त्या गरेको र उनलाई स्थानीयवासीले नि’यन्त्रणमा लिएर प्रहरीलाई बुझाएको स्थानीयवासी कमला भोम्जनले जानकारी दिए ।
बिहान ४ बजे धा’रिलो ह’तियारले आ’क्रमण गरी ह’त्या गरेको र होह’ल्ला भएपछि स्थानीयवासीले थाहा पाई अभियुक्तलाई नियन्त्रणमा लिएको मकवानपुरगढी गाउँपालिका वडा नं १ का अध्यक्ष आइतसिंह लामाले जानकारी दिए।
प’क्राउ परेका नेपालीले आफूले सासूको ह’त्या गरेको स्वीकार गरेका छन् ।
हाल घ’टनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानासहितको प्रहरी टोली पुगेको छ ।
प्रहरीले अ’भियुक्त नेपालीलाई नि’यन्त्रणमा लिई अ’नुसन्धान अगाडि बढाएको नायब उपरीक्षक रानाले जानकारी दिए ।
रानाका अनुसार प’क्राउ परेका नेपालीले आफूले सासूको ह’त्या गरेको स्वीकार गरेका छन् । रासस