चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन म’रे दुई गैँडा

२०७६ माघ १५ गते

१५ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा मंगलबार एकै दिन दुई गैँडा म’रेका छन् । यी सँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले म’रेका गैँडाको सङ्ख्या १३ पुगेको छ । सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज क्षेत्रमा हुन् ।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जको तमासपुर क्षेत्रमा अन्दाजी १८/२० वर्षको पोथी गैँडा मृ’तावस्थामा फेला परेको हो । अर्काे एक गैँडा सुखीभार क्षेत्र नजीक मृ’तावस्थामा फेला परेको छ । उनका अनुसार सो गैँडा ३० वर्षको पोथी हो । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठका अनुसार तमासपुरमा भेटिएको गैँडा वि’षाक्त खानाका कारणले मरेको प्रारम्भिक अध्ययनमा देखिएको छ । वि’षाक्त घाँस खाएर गैँडा म’रेको हुन सक्ने श्रेष्ठले जानकारी दिए । अर्काे गैँडा म’र्नाको कारण खुल्न सकेको छैन ।

गत आर्थिक वर्षमा ४३ गैँडा प्राकृतिक कारणले म’रेका थिए । आर्थिक वर्ष २०७४/७५ मा २६ र २०७३/७४ मा २५ गैँडा कालगतिले म’रेका थिए । गैँडाको मृ’त्युदर उच्च भएपछि निकुञ्ज विभागले मृ’त्युको कारण अध्ययन गर्न समिति बनाएर काम गरिरहेको छ ।

विगत केही वर्षयता चो’रीसि’कारीबाट गैँडा मा’रिएका छैनन् तर का’लगतिले म’र्ने क्रम बढेपछि संरक्षणको क्षेत्रमा चिन्ता व्यक्त गरिएको छ ।

प्रकाशित मिति १५ माघ २०७६, बुधबार ०८:३६