पसल खोल्न दिने र निजी सवारीसाधन जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने निर्णय

सकारले पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
यसैगरी निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ ।

यो निर्णय भोलिदेखि नै लागू हुने एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार जोर गते जोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइने छ भने बिजोर गने बिजोर नम्बरका सवारी सञ्चालन गर्न पाइने छ । तर सार्वजनिक यातायात भने तत्काल नखोल्ने निर्णय भएको छ।

मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउनेबारेको समग्र मोडालिटी स्वीकृत गरेको ती मन्त्रीको भनाइ छ।

गत चैत ११ गतेदेखि जारी लकडाउनले चौतर्फी असर परेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन द’वाव बढ्दै आएको थियो । सोही अनुसार सरकारले लकडाउन खुकुलो बनाउने गरी निर्णय गरेको हो । विज्ञहरुले पनि कोरोना महामा’री लामो समय जाने देखिएको भन्दै लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाउँदै आएका थिए ।

आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउनेबारेको समग्र मोडालिटी स्वीकृत गरेको ती मन्त्रीको भनाइ छ।

प्रकाशित मिति २८ जेष्ठ २०७७, बुधबार १६:४३