१५ लाख खर्च गरेर कुकुरको उद्दार गर्न विमान चार्टर्ड….. !

एजेन्सी- कोरोना भा’इरसको म’हामारीका बेला लकडाउनका कारण मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा जान पाएका छैनन् ।विभन्न देशमा अ’लपत्र आफ्ना नागरिकको विश्वका विभिन्न मुलुकले उद्दारको पहल जारी राखेका छन् ।

अ’लपत्र नागरिकको उद्दार हुन नसकिरहेको समयमा एउटा कुकुरको उद्दारका लागि विमान चार्टर गरिएको समाचार सामाजिक सञ्जालमा भा’इरल भएको छ ।मालिकबाट टाढिएको कुकुरलाई आफ्नो घर लिएर जानको लागि मालिकले १५ लाख ९ हजार रुपैयाँ खर्च गरेका छन् ।

मुम्बईकी एक महिलाले दिल्लीमा कारणवश छुटेको आफ्नो कुकुरलाई लिएर जान यति धेरै खर्च गरेकी हुन् ।उनले स्पेशल ६ सिटर प्राईभेट जेट बुक गरेकी छन् । उनको नाम दिपीका सिंह रहेको छ । उनी मुम्बईमा बस्दै आएकी छन् ।
एजेन्सीको सहयोगमा

प्रकाशित मिति २८ जेष्ठ २०७७, बुधबार १३:३८