अस्पतालबाट भागेका कोरोना सं’क्रमितको मृत्यु

भारतमा कोरोना भाइ’रस (कोभिड–१९) को उपचारकै क्रममा भाग्ने एक जनाको मृत्यु भएको छ । प्रहरीले उनलाई फेला पारेर पुनः अस्पतालमा भर्ना गरेपनि उनको मंगलबार मृत्यु हुन पुगेको हो ।

गाजियावादस्थित अस्पतालबाट भागेको केही दिनमै उनलाई प्रहरीले फेला पारेर बरेली अस्पतालमा लगेपनि उनको मृत्यु हुन पुगेको समाचारमा जनाइएको छ । यी व्यक्ती दिल्लीमा सिलाई–कटाईको काम गर्थे । कोरोना सं’क्रमणपछि उनलाई सुरुमा गाजियावादस्थित अस्पताल भर्ना गरिएको थियो, जहाँबाट भागेर उनी आफ्नी बहिनी भएको ठाउँ पुगेका थिए ।

उनलाई सुरुमा गाजियावादस्थित अस्पताल भर्ना गरिएको थियो, जहाँबाट भागेर उनी आफ्नी बहिनी भएको ठाउँ पुगेका थिए ।

अस्पतालबाट भागेको जानकारी पाएपछि प्रहरीले प्रहरीले उनीविरुद्ध विरुद्ध सं’क्रामक रोग ऐन उ’ल्लंघनबारे एफआईआर दर्ता ग-यो, अनि पक्राउसँगै उपचारका लागि बरेली पठाइदियो ।

‘बरेली अस्पतालमा मंगलबार मृत्यु भएका यी पुरुष अन्दाजी ४५ वर्षका थिए । दुई दिनअघि मात्रै यहाँ उनलाई भर्ना लिइएको थियो,’ अस्पतालका चिफ मेडिकल अफिसर यसपाल सिंहले भने ।

प्रकाशित मिति २८ जेष्ठ २०७७, बुधबार ११:५०