थप २७९ कोरोना सं’क्रमित, सं’क्रमितको कुल संख्या ४३६४ हुदाँ ६७४ जनाले जिते कोरोना

नेपालमा पछिल्लो २४ घन्टामा २७९ कोरोना सं’क्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा २७९ कोरोना सं’क्रमित थपिएका हुन्।

योसँगै नेपालमा कोरोना भा’इरसका सं’क्रमितको संख्या ४३६४ पुगेको छ। तीमध्ये ६७४ जना डिस्चार्ड भएका छन् भने १५ जनाले ज्यान गुमाएका छन्।

सरकारले पछिल्लो समय पिसिआएर प्रविधिबाट दैनिक झन्डै ४ हजार ५ सयका दरले परीक्षण गरिरहेको छ।

नेपालमा आज थप ९० जनाले कोरोना भा’इरसलाई जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारीअनुसार ९० जना काेराेनामुक्त भएका हुन् ।

प्रकाशित मिति २८ जेष्ठ २०७७, बुधबार १०:४५