१९ वर्षको उमेरमा म वैदेशिक रोजगारीका लागि खाडी गएँ। ६ वर्ष जति काम गरेपछि मनले रोजेकी प्रेमिकासँग बिहे गरेँ। हाम्रो छ वर्षदेखि प्रेम थियो। म निकै खुसी थिएँ प्रेम सफल भयो भनेर। खाडीमा कमाएको पैसाले बिज्नेस गरेँ। तर भाग्यले साथ दिएन र फेरि घरमा बूढा आमाबाबा र श्रीमती छोडेर खाडी मुलुक गएँ। खाडीमा काम गर्दागर्दै आमा खसेको खबर पाएर बेहो’स भएछु।
आमालाई कुनै रोग थिएन। नेपाल आएपछि थाहा पाएँ कि आमाले त आ’त्माह’त्या पो गर्नु भा’को रै’छ १ अब आफैँ सोच्नुस्, ममाथि कस्तो व’ज्रपात भयो होला १ पछि नेपालमा आमाको काम सकेर केही दिन गाउँ घुम्दा त यस्तो कुरा थाहा पाएँ कि मलाई अझै पनि पत्याउन गाह्रोे भैरहेको छ। गाउँलेले सुनाए, ‘तेरी स्वा’स्नी त अरु कसैसँग लागेको कुरा थाहा पाएर आमा त’नावमा हुनुहुन्थ्यो। त्यसैले आ’त्माह’त्या गर्नु भयो।’
म फेरि एक पटक ढल्न पुगेँ। यो कन्फेसन पनि कसरी लेखिरहेको छु, मलाई थाहा छैन। कति सं’घर्ष गरेर, कति रात अनिँदो बसेर १२ घण्टा ड्युटी गरेर सानो खुसीको झुपडी बनाएको थिएँ तर सब च’कनाचुर भयो।
गाउँलेले सुनाए, ‘तेरी स्वा’स्नी त अरु कसैसँग लागेको कुरा थाहा पाएर आमा त’नावमा हुनुहुन्थ्यो। त्यसैले आ’त्माह’त्या गर्नु भयो।’
म बाँच्नुको अर्थ रहेन। मैले उनलाई पठाएका कयौँ पैसा र गरगहनाको त हिसाबकिताब नै छैन। पछि यो कुरा उसैबाट सोधपुछ गर्दा थाहा पाएँ। उसको मोबाइल चेक गर्दा अ’श्लील मेसेज र फोटोले भरिएको रै’छ।
मेरो अनुपस्थितिमा ऊसँग रात बिताउने मान्छे त उसको मभन्दा अघिको प्रेमी रै’छ। उसलाई मैले अब स’म्बन्ध वि’च्छेद गरौँ भन्दा ‘रुँदै मलाई माफ गर्दिनु म सुध्रन्छु’ भन्दैछे। अब म पराइसँग रात बिताएकी श्रीमतीलाई कसरी विश्वास गरुँ रु म भित्रभित्रै खोक्रो हुँदैछु। न फर्किएर विदेश जान मन छ, न बाँच्नै। चाहिएको सबै पुयाइदिएकै थिएँ तर आज आफ्नै प्रेमले यस्तो गर्ली भनेर सोचेको पनि थिइनँ।
म आफू पनि ऊ हुँदाहुँदै कहिल्यै पराई स्त्री’सँग ल’सपस गरिनँ। म खाडीमा हुँदा १२ घण्टासम्म काम गरेर आए पनि उसलाई समय दिन्थेँ तर आज यस्तो खबरले मलाई म’रेतुल्य बनाएको छ।
अब स’म्बन्ध वि’च्छेद गरौँ भने बाबा सुगर र प्रेसरको बिरामी हुनुहुन्छ। उहाँलाई पनि केही भइदेला भन्ने डर। म कसको मुख हेरेर बाँच्नु रु हजुरहरुसँग केही सल्लाह छ भने दिनु होला। म के गरौँ रु नागरिक शुक्रबार बाट।