अभिनेता चिरञ्जिवीको निधनः विहे गरेको २ वर्षमै विधुवा बनिन् मेघना

चर्चित कन्नड अभिनेता चिरञ्जिवीको मृत्यु भएको छ । उनको ३९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार दिउँसो करिब १ बजे उनी फोनमा आफ्ना पितासँग कुरा गरिरहेका बेला एक्कासी पसिना छुटेपछि उनी भुईमा ल-डेका थिए । भुईमा ल-डे लगत्तै आकस्मिक रुपमा अस्पताल भर्ना गरिए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।

२०१८ को मे २ मा कन्नड फिल्म अभिनेत्री मेघना राजसँग विवाह: सन् २०१८ को मे २ मा कन्नड फिल्म अभिनेत्री मेघना राजसँग विवाह गरेका उनले सन् २००९ मा कन्नड फिल्म ‘वायुपुत्र’ मार्फत् डेब्यू गरेका थिए ।


वटा कन्नड फिल्ममा काम गरेका चिरञ्जिवीले फिल्मी परिवारसँग सम्बन्ध राख्थे । उनको अन्तिम रिलिज भएको फिल्म ‘शिवार्जुन’ थियो जुन लकडाउन हुनु केहि दिनअघि रिलिज भएको थियो ।


भारतीय सञ्चार माध्यमका अनुसार दिउँसो करिब १ बजे उनी फोनमा आफ्ना पितासँग कुरा गरिरहेका बेला एक्कासी पसिना छुटेपछि उनी भुईमा ल-डेका थिए ।

 

प्रकाशित मिति २७ जेष्ठ २०७७, मंगलवार १३:३८