वैज्ञानिकले गरे अर्को नयाँ काेराेना भाइरस उत्पादन

माघ १५, २०७६ बुधबार , एजेन्सी

काठमाण्डाै – अस्ट्रेलियाका वैज्ञानिकहरुले नयाँ कोरोना भा’इरस उत्पान गरेका छन् । चीनमा तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसको उपचारमा सहयोग गर्ने उद्देश्यले नयाँ कोरोना भा’इरस बनाएकाे वैज्ञानिकहरुले जनाएका छन् ।

वैज्ञानिकहरुले मेलबर्नमा कोरोना स’ङ्क्रमित व्यक्तिको शरीरमा नयाँ कोरोना भा’इरस बनाएकाे सञ्चारमाध्यमले बताएका छन् । यसअघि चीनका वैज्ञानिकले पनि नयाँ भाइ’रस बनाएका थिए ।

चीन बाहिर कोरोना भा’इरस उत्पादन गर्ने अस्ट्रेलिया पहिलो देश पनि बनेको छ । अस्ट्रेलियाले याे खाेजबारे विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी गराउने तयारी गरेको छ । यो भा’इरसको सहयोगले काेरोना भा’इरसबाट सं’क्रमितलाई उपचार गर्न सहयोग पुग्ने वैज्ञानिकहरुले विश्वास लिएका छन् ।

कुनै पनि रोगको उपचारका लागि वैज्ञानिकहरुले त्यही रोगको भा’इरस उत्पादन गरी औषधि तथा उपचारको विधि तयार गर्ने गर्छन् ।

कोरोना भा’इरसको कारण चीनमा अहिलेसम्म एक सय ३२ जनाकाे ज्या’न गैसकेको छ भने झण्डै ६ हजार भन्दा बढीमा स’ङ्क्रमण भएको पुष्टि भैसेको छ । चीन बाहिर पनि विभिन्न १६ वटा देशमा गरी कम्तीमा ४७ जनामा कोरोना भा’इरसको सं’क्रमण भएको पुष्टि भएको छ ।

प्रकाशित मिति १५ माघ २०७६, बुधबार ०४:१८