लकडाउनका लागि से’क्स पार्टनर खोज्न जहाँ सरकारले दियो सल्लाह …

कोरोनाभाइरसका कारण विभिन्न देशहरु लकडाउन गरिएका छन् । युरोपेली देश नेदरल्याण्डमा लकडाउनको क्रममा नियम निकै कडा बनाइएको थियो । यो नियमको आ’लोचना भएपछि यहाँको सरकारले देशका सिंगल महिला तथा पुरुषहरुलाई यौ’नसाथी खोज्न सल्लाह दिएको छ ।

द गार्डियनको समाचार अनुसार लकडाउनका क्रममा लागू गरिएको नियमअनुसार केही शर्तहरु पालना गर्दै घरमा तीन जनासम्म बोलाउन पाइन्छ । यसबाहेक अहिले सरकारले यहाँका सिंगल महिला पुरुषलाई से’क्स पार्ट’नर खोज्न सल्लाह दिएको हो । से’क्स पार्टनर खोज्ने क्रममा केही कुराहरुमा भने ध्यान दिन भनिएको छ ।

नेदरल्याण्डको नेशनल इन्स्टिच्युट फर पब्लिक हेल्थ एण्ड द इन्भायरमेन्ट (आरआइभीएम)ले भनेको छ कि सिंगल व्यक्तिहरुले एक अन्य व्यक्तिको साथमा बस्ने व्यवस्था गर्नुपर्छ ।

आरआइभीएमले यसरी से’क्स पार्टनरसँग बसेको अवस्थामा कसैमा कोरोना भा’इरस संक्र’मण देखिएको अवस्थामा भने यौ’नबाट टाढा रहन भनेको छ । यसअघि नेदरल्याण्डमा सिंगल व्यक्तिहरुलाई से’क्सको लागि कुनै सल्लाह नदिइएको भन्दै सरकारको आ’लोचना भएको थियो ।

आरआइभिएमको सल्लाहमा भनिएको छ – जसको से’क्स पार्टनर छैनन् उनीहरुले आफूजस्तै व्यक्तिहरुसँग बस्नको लागि आपसमा सम्झौता गर्न सक्छन् ।

२३ मार्चदेखि नेदरल्याण्डमा लकडाउन र सामाजिक दूरी लागू गरिएको छ ।

प्रकाशित मिति २७ जेष्ठ २०७७, मंगलवार ०४:५८