आज महानायक राजेश हमालको जन्मदिन

काठमाडौ, जेठ २७- आज चर्चित महानायक राजेश हमालको जन्मदिन परेको छ । आज अर्थात मंगलबार उनको जन्मदिन परेको हो । ९ जुन, १९६४ मा पाल्पाको तानसेनमा जन्मिएका उनि नेपाली चलचित्र जगतमाछुट्टै पहिचान बनाउन सफल भएका छन् । ५६ बर्ष लागेका उनले ३ दशक लामो फिल्म यात्रामा २ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् ।

उनका हामी तीन भाइ, देउता, अल्लारे, अजम्बरी नाता, पालेदाई, आशीर्वाद जस्ता फिल्म उनका हिट मानिन्छन् ।सन् १९९४ मा उनले १६ वटा फिल्ममा अभिनय गरेका थिए । एउटा पाकिस्तानी फिल्म पनि अभिनय गरेका उनका लागि आफूले गरेका फिल्ममध्ये देवता र वसन्तीु सबैभन्दा मनपर्ने फिल्म हुन् ।

अभिनेता हमाल अभिनीत पछिल्लो रिलिज फिल्म शकुन्तला हो ।हमालले उच्च शिक्षा (एम ए अङ्ग्रेजी) सम्म हो ।
उनले सन् १९९४ मा मात्र १६ वटा चलचित्रमा अभिनय गरेका थिए । उनले एउटा पाकिस्तानी चलचित्रमा पनि अभिनय गरेका थिए ।

अहिले लकडाउनका कारण घरमै समय बिताइरहेका हमालले आज आफ्नो जन्मदिन श्रीमति मधु र परिवारसँग मनाउदैछन् ।

प्रकाशित मिति २७ जेष्ठ २०७७, मंगलवार ०३:४१