भरतपुर अस्पतालको आईसीयूमा एक कोरोना सं’क्रमित मृत्यु

चितवन । भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना सं’क्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक सं’क्रमितको मृत्यु भएको हो ।

उनको मंगलबार विहान ७ बजेर ६ मिनेट जाँदा मृ’त्यु अस्पतालले जनाएको छ । उनको श’व भरतपुर अस्पतालको आईसीयूमै छ । श’वको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय गर्न बाँकी नै रहेकोले प्याकिङको काम भएको छैन ।

भरतपुर महानगरपालिका वडा नं. ११ का ६८ वर्षीय ती वृद्धलाई सोमबार मात्रै कोरोना सं’क्रमण पुष्टि भएको थियो । उनमा मुट र निमोनियाको समस्यासमेत थियो ।

जिल्ला प्रशासन कार्यालयको अनुमति विना नै क्रि’टिकल अवस्थाका बिरामीलाई सारेको भन्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराईले आ’पत्ति जनाएका छन् । नारायणी सामुदायिक अस्पतालले सामान्य अक्सिजनको भरमा बिरामीलाई भरतपुर अस्पतालको आईसीयूमा सारेको थियो ।

नारायणी सामुदायिक अस्पतालको आईसीयूमा अन्य चार जना कोरोना सं’क्रमितसँगै राखिएका थिए ।

प्रकाशित मिति २७ जेष्ठ २०७७, मंगलवार ०३:०२