रुपन्देहीको तिलोत्तमामा ५ जनाको ह’त्या गरी फ’रार

रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा ५ जनाको ह’त्या भएको छ।
कान्छीबजारको मैनहवा स्थीत भैंसीफर्ममा काम गर्ने ५ जनाको ह’त्या भएको स्थानीय प्रदीप थापाले जानकारी दिए।

स्थानीय कृष्ण पुनको भैंसी फर्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने ५ जना अन्य कामदारको ह’त्या गरि फ’रार भएको थापाले जानकारी दिए।

मृ’तकहरु को को हुन् भन्ने खुलेको छैन ।
‘गोठमा काम गर्ने पाँच जनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा छ, अहिले विहान विभत्स दृश्य देखेपछि मंगलापुर प्रहरी चौकीलाई खबर गरिएको छ र प्रहरी घटनास्थलतर्फ आउँदै छ’, थापाले भने। सेतोपाटी

प्रकाशित मिति २७ जेष्ठ २०७७, मंगलवार ०१:१३