अस्पतालनै ज्‍यानमारा भएपछि आफ्नै शरीरमा आउजीले आगो लगाए’

अस्पतालनै ज्‍यानमारा भएपछि आफ्नै शरीरमा आउजीले आगो लगाए’

अछाम/दोलखा : सिद्धार्थ आउजी विगत दुई वर्षदेखि न्याय हेल्थ नेपाल नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाले सञ्चालन गरेको अछामको बयालपाटा अस्पतालमा कार्यरत थिए। साँफेबगर नगरपालिका-६ भागेश्वरका सिद्धार्थ अस्पतालमा सरसफाईको काम गर्थे। दुई महिनाअघि अस्पतालले उनको हातमा अस्पतालबाट हटाइएको पत्र थमाएको थियो।

त्यसपछि उनी निकै मानसिक त’नावमा थिए। उनको पुरानो नियुक्ति सकिन दुई महिना बाँकी रहेको थियो। दलित समुदायका सिद्धार्थको आर्थिक अवस्था कमजोर छ। बिनाकारण जागीरबाट हटाइएपछि परिवार कसरी पाल्ने भन्ने चिन्तामा थिए उनी।

उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत कोहलपुर रेफर गरिएको थियो। उपचारकै क्रममा उनले ज्यान गुमाएका छन्।

बुवा आमा नोकरीको सिलसिलामा भारतमा छन्। उनको एक ४ वर्षको छोरा, दश महिनाकी एक छोरी र श्रीमती छन्। उनले पटक पटक अस्पतालमा कामबाट हटाइए आ’त्मह’त्या गर्ने चे’तावनी दिँदै आएका एक जना कर्मचारीले बताए।

तर अस्पतालले बेवास्ता गर्दा यस्तो परिस्थिति आएको उनले बताए। त’नावमा रहेका सिद्धार्थले सोमबार विहान अस्पतालमै शरिरमा पेट्रोल छर्केर आ’गो लगाए। उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत कोहलपुर रेफर गरिएको थियो। उपचारकै क्रममा उनले ज्यान गुमाएका छन्। अन्नपूर्ण पोष्ट

प्रकाशित मिति २६ जेष्ठ २०७७, सोमबार १३:१८