२४ घण्टामा थपिए ३१४ कोरोना सं’क्रमित,सं’क्रमितको संख्या ३ हजार ७ सय ६२

काठमाडौं : नेपालमा पछिल्‍लो २४ घण्टामा ३१४ जना कोरोना सं’क्रमित थपिएका छन्। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार ३१४ संक्र’मित २४ घण्टामा थपिएका हुन्।

योसँगै कोरोना सं’क्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ। अहिलेसम्म ४८८ जना निको भएर घर फर्किएका छन्। हालसम्म १४ जनाले ज्यान गुमाएका छन्।

प्रकाशित मिति २६ जेष्ठ २०७७, सोमबार ११:४२