फेरि बढ्यो सुनको मूल्य, अब कति पुग्यो ?

काठमाडौं- सुनको मूल्य आज (सोमबार) सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला ८७ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य भने प्रतितोला ८७ हजार ६५ रुपैयाँ निर्धारण गरिएको छ।

महासंघले लकडाउनको साढे दुई महिनापछि आइतबारदेखि दैनिक मूल्य निर्धारण गर्न थालेको हो।

चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ९ सय ३० रुपैयाँ पुगेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ९ सय २५ रुपैयाँ कायम गरिएको थियो।

महासंघले लकडाउनको साढे दुई महिनापछि आइतबारदेखि दैनिक मूल्य निर्धारण गर्न थालेको हो। उक्त दिन छापावाल सुन १० हजार चार सय रुपैयाँ बढेको थियो।

प्रकाशित मिति २६ जेष्ठ २०७७, सोमबार ०६:४३