फुर्सदमा टिकटकः लक डाउनमा यसरी बढ्दै छ क्रेज

यतिबेला टिकटक विश्वव्यापीरूपमै लकडाउन कटाउने माध्यम त बनेको छ नै, मनोरञ्जनका साथै शारीरिक गतिविधि बढाउने काम पनि यसले गरिरहेको छ । यतिबेला धेरैले को’रोना सं’क्रमण र लकडाउनका कारण भोग्नुपरेको त’नावलाई टिकटकमार्फत बिर्सने प्रयास गरिरहेका छन् ।

पछिल्ला वर्ष चर्चा कमाइरहेको सामाजिक संजाल हो– टिकटक । आफ्नै आवाजमा वा कसैको संगीतमा अभिनय गरेर भिडियो पोष्टका लागि टिकटक चर्चित छ । फेसबुक, ट्विटर, ह्वाट्सएप, इन्स्ट्राग्राम जस्तै टिकटक पनि एक भिडियो सेयरिङ प्ल्याटफर्म हो । सन् २०१६ मा लन्च भएको यो एप विश्वव्यापी रूपमा प्रयोग भइरहेको छ । विशेषगरी लक डाउनपछि फुर्सदिलो समयमा आम मानिसदेखि सेलिब्रेटीसम्मको दिन क’टाउने मेलो बनेको छ– टिकटक ।

सन् २०१६ मा लन्च भएको यो एप विश्वव्यापी रूपमा प्रयोग भइरहेको छ ।

साहित्यकार कृष्ण धरावासीले वैशाख अन्तिम साता टिकटकमा पहिलो भिडियो राखे । आफ्नी श्रीमतीसँग देखिएका उनले भिडियोमा भनेका छन्, ‘यो टिकटक खोलेको है । के हुने हो टिकटकमा थाहा छैन । सबैले गर्छन् । अब टिकटकमा पो आउने भइयो त ।’ उक्त भिडियो एक महिनामा २ लाख ६२ हजारले हेरेका छन् । झन्डै २१ हजार लाइक छ भने ५ सय कमेन्ट छन् । यो एक महिनाको बीचमा उनले ९५ वटा भिडियो अपलोड गरिसकेका छन् भने उनका फलोअर्स ५ हजार पुग्नै लागेका छन् ।

नेपालका प्रायः चर्चित कलाकारहरू टिकटकमा उपलब्ध छन । आफ्ना फ्यान तथा समर्थकलाई विभिन्न तवरबाट मनोरञ्जन दिइरहेका हुन्छन् । यसमा अपवाद थिइन्, कलाकार वर्षा सिवाकोटी । उनी पनि लक डाउनपछि जेठ पहिलो साताबाट टिकटकमा जोडिएकी छन् । एक सन्देशमूलक भिडियो सार्वजनिक गरेर उनले टिकटकमा महत्वपूर्ण र प्रभावकारी सामग्रीमार्फत मनोरञ्जन प्रदान गर्ने बताएकी छन् । भनेकी छन्, ‘क्वा’रेन्टाइन जीवनले जीवनका आयामहरूलाई परिवर्तन गर्दै लगेको छ । मैले पनि आफ्नो स्थान फेला पारेकी छु र टिकटकले घेरिएको संसारमा प्रवेश गर्ने निर्णय गरेकी छु ।’ उनी टिकटकमा जोडिएको १ महिना नपुग्दै उनका ३४ हजार फलोअर्स पुगिसकेका छन् ।

धरावासी र सिवाकोटी त उदाहरणमात्र हुन् । लक डाउनपछि इन्टरनेटको पहुँच हुने धेरै नेपाली टिकटकमा रमाउन थालेका छन् । अन्य समयमा कामको सिलसिलामा व्यस्त हुनेहरू पनि यतिबेला टिकटक बनाएर समय बिताइरहेका छन् । टिकटक नितान्त मनोरञ्जनको साधन भएकाले ‘मुड फ्रेस’ हुने धेरैको बुझाइ छ ।

टिकटक नितान्त मनोरञ्जनको साधन भएकाले ‘मुड फ्रेस’ हुने धेरैको बुझाइ छ ।

चितवनकी लक्ष्मी शर्मा टिकटक बनाउँदा समय बित्ने र अरूको हेर्दा रमाइलो हुने भएकाले लकडाउनपछि आफू टिकटकमा आएको बताउँछिन् । भन्छिन्, ‘लक डाउनपछि कलेज पनि छैन । टिभी र फिल्म हेरेर कति बस्नु ! टिकटक चलाएपछि मुड पनि फ्रेस भएको छ । समय क’टेको पनि पत्तै हुँदैन ।’ एकपटक सारी लगाएर एउटा भिडियो बनाउँदा ५ घन्टा बितेको आफूलाई थाहै नभएको उनले बताइन् ।

टिकटक राम्रो कला भएका तर अवसर नपाएकाहरूका लागि पनि राम्रो प्ल्याटफर्म भएको छ । टिकटकमा चर्चा कमाएकै कारण नाम र दाम दुवै हात पार्नेहरू पनि थुप्रै छन् । ‘ट्विनी गर्ल’ को रूपमा टिकटकमा सबैभन्दा पहिला चर्चा कमाएका दिदी–बहिनी हुन्, प्रिन्सी र प्रिज्मा खतिवडा । उनीहरूको चर्चासँगै नेपालमा पनि टिकटकको चर्चा सुरु भएको हो ।

सुटिङपछि बचेको समय टिकटकमा दिने कलाकार यतिबेला फिल्ममा गर्न नपाएको अभिनय टिकटकमा गरिरहेका छन् ।

टिकटकमा चर्चा कमाएकै कारण यी दिदी–बहिनीले थुप्रै म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाइसकेका छन् । जबकि उनीहरूको सुरुवाती रुचि अभिनयमा थिएन । हाल उनीहरूलाई ६० लाखभन्दा धेरैले फलो गरेका छन् । स्वास्थ्य परिचारिका रेश्मा घिमिरे पनि टिकटकमा अभिनय गरेकै आधारमा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाउनेमध्येकी एक हुन् ।

लकडाउनका कारण फिल्मको सुटिङ बन्द छ । यस्तो बेला कलाकारहरू टिकटकमा बढी सक्रिय छन् । अन्य समयमा फिल्मको सुटिङपछि बचेको समय टिकटकमा दिने कलाकार यतिबेला फिल्ममा गर्न नपाएको अभिनय टिकटकमा गरिरहेका छन् ।

ऋचा शर्माबाहेकका सबैजसो अभिनेत्री र अनमोल केसीबाहेकका प्रायः अभिनेता लकडाउनका बेला टिकटकमा इन्जोय गरिरहेका छन् । कलाकारमात्र होइन, हरेक निकाय, क्षेत्र र पेसाका मानिस यतिबेला टिकटकमा भेटिन्छन् । र, धेरैको आवाज छ, ‘के गर्नु त, टाइमपास गर्नैपर्यो ।’


लकडाउनपछि विशेषगरी नेपालमा जोडी (श्रीमान्–श्रीमती)हरूको टिकटक भिडियो धेरै चर्चामा छ । मनिषा घिमिरे र कुमारबाबु गजुरेलको जोडी यसको एउटा उदाहरण हो । ८८ हजार फलोअर्स रहेको यो जोडीको टिकटकमा गाउँले परिवेशमा विभिन्न भिडियोहरू हुन्छन् । लक डाउनपछि उनीहरूले दिनमा २–३ वटा भिडियो राखिरहेका छन् ।

जसले ३० हजारदेखि ३ लाखसम्म भ्युज पाएका छन् । प्यासिफिक्सन नाममा रहेको अकाउन्टमा प्रशान्त गौतमले आफ्नी श्रीमतीसँग बनाएका भिडियोहरूले पनि राम्रो भ्यु पाइरहेको छ । यो जोडी पनि लक डाउनपछि टिकटकमा निकै सक्रिय छ । नायिका आँचल शर्माको जोडी पनि लकडाउनपछि टिकटकमा हिट छ । उनीहरूको जोडीले अभिनय गरेको ५ वटा भिडियो २० लाखभन्दा धेरै पटक हेरिएको छ । एउटा भिडियो त झन्डै ५० लाख पटक हेरिएको छ । आँचलको अकाउन्टको ६ लाख २७ हजार फलोअर्स छन् ।

त्यस्तै, सुशी गौतमको नामबाट खोलिएको टिकटक अकाउन्टमा एक वृद्धसँग गरिएको कुराकानी र अभिनयले निकै चर्चा पाइरहेको छ । वृद्धसँग गरिएको अभिनयले १५ लाखसम्म भ्यु पाएको छ । सो अकाउन्टमा ३ लाख ५० हजार फलोअर्स पुग्न लागेका छन् ।

टिकटकका प्रयोगकर्ता सबैभन्दा धेरै भारतमा छन् । भारतमा ६१ करोडभन्दा बढी प्रयोगकर्ता रहेको विभिन्न अध्ययनले देखाएको छ ।

टिकटक विश्वका १ सय ४१ मुलुकमा पुगिसकेको छ भने यसका प्रयोगकर्ता २ अर्ब पुगेका छन् । विश्व नै कोभिड–१९ को महामा’रीमा फ’सेका बेला सन् २०२० को पहिलो त्रैमासिकमा मात्र विश्वभरका ३१ करोड ५० लाख मानिसले टिकटक डाउनलोड गरेका थिए ।

टिकटकका प्रयोगकर्ता सबैभन्दा धेरै भारतमा छन् । भारतमा ६१ करोडभन्दा बढी प्रयोगकर्ता रहेको विभिन्न अध्ययनले देखाएको छ । तर, नेपालमा भने यसको प्रयोगकर्ता कति छन् भन्नेबारे कुनै तथ्यांक सार्वजनिक भएको छैन । अन्य सामाजिक संजालको पहुँचमा हुने प्रायः टिकटकमा पनि भेटिन्छन् ।

यतिबेला टिकटक विश्वव्यापीरूपमै लकडाउन क’टाउने माध्यम बनेको छ । मनोरञ्जनका साथै शारीरिक गतिविधि बढाउने काम पनि यसले गरिरहेको छ । काठमाडौंमा पाइप उद्योग चलाइरहेको दाङका व्यवसायी केपी भण्डारी भन्छन्, ‘नयाँ व्यवसाय सुरु गरेको धेरै समय भएको थिएन । लकडाउन भइदियो । निकै त’नाव बढेको थियो । टिकटक चलाउन थालेदेखि ध्यान अन्यत्र जान पाएको छैन ।

भिडियो बनाउँदा हल्का भए पनि व्यायाम भएको छ भने अरूको भिडियो हेर्दा मनोरञ्जन प्राप्त भइरहेको छ ।’ भण्डारीले भनेजस्तै यतिबेला धेरैले को’रोना सं’क्रमण र लकडाउनका कारण भोग्नुपरेको त’नावलाई टिकटकमार्फत बिर्सने प्रयास गरिरहेका छन् ।

कृष्ण आचार्य/साप्ताहिक तस्विर: महेश प्रधान

प्रकाशित मिति २५ जेष्ठ २०७७, आईतवार १३:४९