डि.भी रिजल्ट आयो आफ्नो नतिजा यसरी हेर्नुहोस्

आज शनिबार जेठ २४ गते राति ९:४५ बजेबाट तपाईंले डाइभर्सिटी भिसा (डिभी) आवेदनको नतिजा हेर्न सक्नुहुन्छ। याद राख्नुहोस्, तपाईंलाई डिभी पर्‍यो अथवा तपाईंको आवेदन सफल भयो भन्ने व्यहोराका कुनै पनि ईमेल वा अन्य म्यासेज हामी तपाईंलाई पठाउँदैनौं।

यस्तो दावी गरिएका र तपाईंलाई डिभी पर्‍यो भन्ने व्यहोराका कुनै पनि ईमेल वा म्यासेज साँचो होइनन्। तपाईंलाई डिभी पर्‍यो या परेन थाहा पाउने एकमात्र र निशुल्क उपाय dvprogram.state.gov मा गएर आवेदन दिंदाको कन्फर्मेसन नम्बर राखेर हेर्ने हो। (तपाइले सो कन्फर्मेसन नम्बर भुलेको वा हराएको भएपनि “Forgot Confirmation Number” मा क्लिक गरेर सो नम्बर तुरुन्तै प्राप्त गर्न सक्नुहुन्छ।

हेर्नुहोस भिडियो:

प्रकाशित मिति २४ जेष्ठ २०७७, शनिबार १६:२७