जेठ २५ देखि निश्चित जिल्लामा छोटो दुरीका सवारी चलाउने प्रस्ताव

जेठ २५ देखि निश्चित जिल्लामा छोटो दुरीका सवारी चलाउने प्रस्ताव

कोभिड-१९सम्बन्धी उच्चस्तरीय समन्वय समितिले कोरोना भा’इरस (कोभिड-१९) का १०० भन्दा कम सक्रिय के’स भएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुवाहक सवारी सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।

समितिले चरणबद्धरुपमा लकडाउन खुकुलो बनाउने योजना बनाएको छ, जसमा १०० भन्दा कम सक्रिय के’स भएका जिल्लाहरूमा जेठ २५ बाट जिल्ला नक’ट्ने र एक पटकमा सवारी साधनको क्षमताभन्दा आधा मात्र यात्रु राख्नेगरी छोटा दुरीका सवारी साधन सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।

यस्तै,असार १ बाट सिट क्षमताका आधा संख्यामा यात्रु राख्नेगरी लामो दुरीमा यात्रुवाहक सवारी साधन सञ्चालन गर्ने प्रस्ताव छ । त्यसैगरी असार १ गतेदेखि आधा यात्रुहरू मात्र चढाउने गरी अन्तरिक हवाई सेवासमेत सञ्चालन गर्ने प्रस्ताव उच्चस्तरीय समितिले तयार पारेको छ ।

उच्चस्तरीय समितिको प्रस्तावको मस्यौदा

 

प्रकाशित मिति २४ जेष्ठ २०७७, शनिबार ०१:११