अमेरिकी डीभीको नतिजा भोली सार्वजनिक हुँदै – यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२१ को नतिजा शनिवार सार्वजनिक हुने भएको छ । डीभी २०२१ को नतिजा भोलि राति ०९:४५ बजे सार्वजनिक हुने अमेरिकी दूतावासले जनाएको छ ।

अमेरिकी दूतावासले आफ्नो फेसबुक पेजमा भोली डीभी २०२१ को नतिजा सार्वजनिक हुनेबारे जानकारी गराएको हो । दूतावासले जतिजा हेर्ने तरीकाको पनि बताएको छ ।

नेपाली समय अनुसार भोलि राति ०९:४५ बजे डाइभर्सिटी भिसा(डिभी) २०२१ को नतिजा प्रकाशन हुँदैछ। नतिजा थाहा पाउन कृपया भोली जेठ २४ रातिको ०९:४५ बजेपछि तपाईंले डिभी भर्दाको समयमा प्राप्त गर्नुभएको कन्फर्मेसन नम्बर प्रयोग गरी तल तस्विरमा दिएको वेवसाईटमा गएर हेर्नुहोला । यदि तपाईंले सो नम्बर बिर्सनुभएको छ भनेपनि “Forgot Confirmation Number” मा क्लिक गरी मागेको विवरण दिंदा तपाईंको नतिजा हेर्न मिल्छ।

प्रकाशित मिति २३ जेष्ठ २०७७, शुक्रबार १७:०५