पोखरा विमानस्थल : वि’ष्फोट गराउँदा घर च’र्किएको भन्दै स्थानीयको वि’रोध

कास्की– राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा वि’ष्फोटन गराउँदा आसपासका घर च’र्किएपछि स्थानीय आ’न्दोलित बनेका छन् ।

उचित सुरक्षा नदिइ निर्माण कार्य अघि बढाएको र घर भ’त्कने जो’खिम बढेको भन्दै स्थानीयले वि’रोध गरेका छन् ।

पोखरा महानगरपालिका वडा नं. १४, हवेली मार्गका स्थानीयले नारा जुलुससहित आन्दोलन गरेका छन् । विमानस्थल निर्माणका क्रममा क’डा खालका चट्टानहरू वि’ष्फोट गराएर फाल्नुपर्ने भएको र यसरी गर्दा काम छिटो हुने भन्दै आयोजनाले वि’ष्फोट गराएको थियो ।

विष्फोटका क्रममा स्थानीयका ठूला तथा साना घरहरू च’र्किएका हुन् । यस विषयमा जनप्रतिनिधिसहित स्थानीयले विमानस्थल निर्माण आयोजनासंग पटक पटक वार्ता गरेको थियो । तर सहमति अनुसार काम नभएको र घर जो’खिममा परेकाले आन्दोलन गर्नुपरेको स्थानीय मोहन गिरीले बताए ।

पोखरा महानगरपालिका वडा नं. १४ का जनप्रतिनिधि जितेन्द्र जंग थापाले विमानस्थलको च’ट्टान ब्रेकरले पनि फुटाउन सक्ने भन्दै वि’ष्फोटको विकल्प खोज्नुपर्ने बताए । उनले वि’ष्पोट गराउँदा हुने अ’सरबारे आयोजना पक्षले सोच्नुपर्ने बताए ।

यता, विमानस्थल निर्माण आयोजना प्रमुख ईन्जिनियर विनेश मुनंकर्मी भने स्थानीयले भनेजस्तो क्ष’ति हुनेगरि वि’ष्फोट नगराइएको बताएका छन् । विमानस्थलमा अझै पनि चार टन वि’ष्फोटक पदार्थ बाँकी रहेको भन्दै उनले आवश्यक परेको ठाउँमामात्र वि’ष्फोट गराएर काम गरिरहेको स्पष्ट पारे ।

विमानस्थल निर्माणको काम अहिलेसम्म ६० प्रतिशत सकिएको छ । आगामी २०२१ जुलाईसम्ममा निर्माण कार्य सक्ने लक्ष्य रहेको छ ।

यस विषयमा कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले आयोजना पक्ष र स्थानीयसंग समन्वय गरिरहेको बताए ।

विमानस्थल निर्माणको काम अहिलेसम्म ६० प्रतिशत सकिएको छ । आगामी २०२१ जुलाईसम्ममा निर्माण कार्य सक्ने लक्ष्य भए पनि लकडाउनका कारण निर्माण सामग्री र कामदारको अ’भावका कारण यसमा ध’क्का पुग्ने देखिन्छ । अहिले विमानस्थल भित्रै रहेका ८५ जना नेपाली र २५० जना चिनियाँ कामदारले मात्र काम गरिरहेका छन् ।

आयोजना निर्माण शुरु भएको छोटो समयमै उल्लेख्य काम भएको विमानस्थलमा सन् २०२० को अन्त्यसम्ममा सबै काम सम्पन्न गरी २०२१ को जुलाईसम्ममा अन्तर्राष्ट्रिय जहाज पोखरामा ल्याण्ड गर्ने लक्ष्य निर्माण कम्पनीको थियो ।

प्रकाशित मिति २३ जेष्ठ २०७७, शुक्रबार ०८:३५