र’क्सी सेवन गरेर क्वारेन्टिन बस्नेको सम्पर्कमा गएपछी वडाध्यक्षलाई स्थानीयवासीले राखे क्वारेन्टिनमा

खोटाङ,हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका स्थानीय बासिन्दाले वडाध्यक्ष ज्ञानबहादुर पुरीलाई क्वारेन्टिनमा राखेका छन्। वडाध्यक्ष पुरी गए राति मा’दक पदार्थ सेवन गरेर क्वारेन्टिनमा बसेकाहरुसँग सम्प’र्कमा गएको फेला पारेपछि स्थानीय बासिन्दाले बुधबारदेखि क्वारेन्टिनमा राखेका हुन्।

मङ्गलबार दिउँसैदेखि मा’दक पदार्थ सेवन गरेका वडाध्यक्ष पुरीले झापाबाट आएर वडा कार्यालयले बनाएको क्वारेन्टिनमा बसेका एक युवकको मोबाइलसमेत खोसेको स्थानीय बासिन्दाको आ’रोप छ।

‘दैनिक मा’दक पदार्थ सेवन गरेर बस्नुहुने वडाध्यक्ष पुरीले मा’तेको झोँ’कमा गए राति क्वारेन्टिनमा बसेकालाई ह’प्काउनुका साथै एक युवकको मोबाइलसमेत खोसेर लानुभएको छ’, एक स्थानीय बासिन्दाले भने, ‘क्वारेन्टिनमा बसेकाहरुसँगको सम्पर्कमा जानुभएका वडाध्यक्ष पुरीबाट को’रोना भा’इरसको स’ङ्क्रमण सर्ने खत’रा भएकाले उहाँलाई नै क्वारेन्टिनमा राखिएको हो।’

वडाध्यक्ष पुरीले गएराति क्वारेन्टिनमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई समेत ह’प्कीद’प्की गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
अधिकांश समय मा’दक पदार्थ सेवन गरेर बस्ने वडाध्यक्ष पुरीले कार्यालयमा खटिएका कर्मचारीलाई आफ्नै घरमा आएर हाजिर गर्न लगाउने गरेको एक कर्मचारीले बताएका छन्।

वडाध्यक्ष पुरीलाई बुधबारबाट १४ दिनसम्म क्वारेन्टिनमा राखिने नगरप्रमुख इवन राईले बताए।’हामीले लागू गरेको नियम सबैलाई लागू हुन्छ’, उनले भने, ‘वडाध्यक्ष पुरीले नियम उ’लङ्घन गर्नुभएकाले उहाँलाई नगरपालिकाकै तर्फबाट १४ दिनसम्म क्वारेन्टिनमा राखिएको हो।’
ल अधिकृत डा श्रेष्ठले जानकारी दिए।
(राससका लागि केदार मगर)

प्रकाशित मिति २२ जेष्ठ २०७७, बिहीबार ०३:४४