छ वर्षीया बालिकाले जितिन् को’रोना

Lकाठमाडौं : महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत एक ६ वर्षीया बालिकाले को’रोना भा’इरस (कोभिड-१९) लाई जितेकी छन्।

श्वासनलीमा मासु पलाएका कारण श’ल्यक्रियाका लागि गत वैशाख ३० गते अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना भएकी कपिलवस्तु जिल्लाकी ती बालिकाको पिसिआर परीक्षणबाट को’रोना भा’इरस पुष्टि भएपछि अस्पतालको आ’इसोलेसन भवनमा राखेर उपचार गरिएको थियो।

श’ल्यक्रियापछि ती बालिकालाई श्वास फेर्न सहज भएको र को’रोनाबाट पनि मुक्त भई स्वास्थ्य लाभ भएकाले उनलाई बुधबार घर पठाइएको छ।

यही जेठ १२ र १७ गते दुई पटक पीसीआर परीक्षणा गर्दा नकारात्मक परिणाम आएपछि गत सोमबार निजको शल्यक्रिया गरिएको र त्यो सफलतापूर्वक सम्पन्न भएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेम खड्गाले जानकारी दिए।

श’ल्यक्रियापछि ती बालिकालाई श्वास फेर्न सहज भएको र को’रोनाबाट पनि मुक्त भई स्वास्थ्य लाभ भएकाले उनलाई बुधबार घर पठाइएको छ। रासस

प्रकाशित मिति २१ जेष्ठ २०७७, बुधबार १४:३८