षट्तिला एकादशीको महत्त्व…

षट्तिला एकादशीको महत्त्व

वर्षमा धेरै पटक दोहोरिने र अधिक महत्व बोकेको एकादशी तिथि अनि माघ महिना साथै कृष्ण पक्षमा पर्ने एकादशी लाई षट्तिला एकादशीको नामले चिनिन्छ। षट्तिला अर्थात् तिलको ६ तरिकाले प्रयोग गर्नु भन्ने बुझिन्छ, बिहान स्नान गर्दा देखि नै एकादशीको नाम उच्चारण गर्दै तिलको स्नान, तिलको तेलको मालिस,तिलद्वारा तर्पण, हवन, दान आदि सहित तिलको सेवन गर्ने शास्त्रीय मान्यता रहेको छ। भगवानको पसिनाबाट उत्पत्ति भएको मानिने तिल अनी त्यसमा पनि पूजा आराधनाको समयमा अत्यन्तै महत्व रहेको कालो तिल को प्रयोग ठूला-ठूला यज्ञहरुमा गरिनुले पनि यो कुराको पुष्टि हुन जान्छ।

यस दिन जति मात्रामा तिलको दान गरिन्छ त्यतिनै हजार वर्ष सम्म स्वर्गमा बास पाइन्छ भन्ने धार्मिक विश्वास रहेको छ। शास्त्र र मान्यतामा विश्वास गर्नु नगर्नु आ-आफ्ना विचार भएपनि यी सबै त्यसै लोक प्रचलित भने भएको होइनन्।

यसरी विशेष तिथीहरुमा गरिने सत् कर्म पुण्ड कर्महरुको फल अत्यधिक भए सँगै व्रतालुहरुले त यस दिनमा अखण्ड दीप प्रज्ज्वलन गरी व्रतको नियम ,भजन कीर्तन साथै कथा श्रवण र पूजा विधि अपनाउने गर्दछन नै तर व्रत नबस्ने वा नसक्ने हरुले पनि यस दिनमा एकादशीको नाम उच्चारण गर्दै स्नान गर्ने, पूजाको समयमा अन्य दिनहरूमा भन्दा बढी तिलको प्रयोग गर्ने, तिलको सेवन गर्ने र मांसाहार पूर्णता त्याग गरी भगवानको नाम जप्ने गरे अप्रत्यक्ष लाभ स्वयमलाई मिल्ने गर्दछ।
यहाको बाकि समय शुभ/मंगल रहोस!

प्रकाशित मिति ७ माघ २०७६, मंगलवार ०१:२५