जेठ २५ सम्म क’र तिरिसक्न सरकारको ता’केता, नतिरेमा ब्याज र ज’रिवाना

काठमाडौं । सरकारले लकडाउनकै बीचमा उद्योगी तथा व्यवसायीलाई तोकिएको समयभित्र आर्थिक वर्षको तेस्रो त्रैमासिकको कर भुक्तानी गर्न ताकेता गर्न थालेको छ । सरकारले सार्वजनिक सूचना नै निकालेर पछिल्लो पटक कर तिर्न बढाइएको म्यादभित्र कर तिर्न दबा’व बढाएको छ ।

लकडाउन भएपछि सरकारले चैत र वैशाख महिनामा अधिकांश करको भुक्तानी गर्ने समयावधि २५ जेठसम्मका लागि बढाएको थियो । १४ वैशाखको मन्त्रिपरिषद बैठकले वैशाख २५सम्मको कर तिर्ने समय एक महिना थप्ने निर्णय गरेको थियो ।

तर, पछिल्लोपटक लकडाउन लम्बाउँदै जेठ ३१ गतेसम्म विस्तार गर्ने निर्णय लिएको सरकारले जेठ २५ पछिको कर भुक्तानीको लागि दिइएको म्याद थपेको छैन ।

बरु आन्तरिक राजस्व विभागले जेठ २५ गतेभित्र कर बुझाएर शुल्क, थप दस्तुर, ब्याज र ज’रीवाना बच्न आग्रह गर्दै सार्वजनिक सूचना निकालको छ ।

लकडाउन लम्बिएपछि करदाता बैंक वा कर कार्यालयसम्म पुग्न पाएका छैनन् । यसअवधिमा आर्थिक गतिविधि समेत ठप्प प्रायः छन् । यस्तो अवस्थामा कर तिर्न थप समय दिनुपनेर माग उद्योगी तथा व्यवसायीको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्री भने जेठ २५ पछि करहरुको विवरण बुझुाउने र कर तिर्ने समय नथपिएको बताउँछन् ।

‘हामीले दुई महिना समय दियौं, अब पनि कर उठाएनौं भने हिसाव-किताव मिलाउन गा’ह्रो हुन्छ,’ खत्रीले भने,’ यो म’हामारी कतिसम्म जान्छ थाहा छैन, भएका कारोबार र आम्दानीको कर अब तोकिएको मितिमा बुझाउनै पर्छ । नत्र नियमअनुसार लाग्ने ब्याज र जरि’वाना लिन्छौं ।’

सूचनाअनुसार आयकर ऐनअनुसार फागुन र चैत महिनाको बुझाउनु पर्ने अग्रिम कर कट्टी र अगि्रम कर अ’सुलीको संशोधित विवरणसहित दोस्रो किस्ताको रकम समेत २५ जेठसम्म बुझाउनपर्नेछ ।

आर्थिक ऐनअनुसार फागुन र चैत महिनाको शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क तथा दूरसञ्चार सेवा दस्तुर बुझाउने म्याद समेत सोही दिसम्म मात्र छ ।

प्रकाशित मिति २० जेष्ठ २०७७, मंगलवार ११:१७