१० ह’त्याका’ण्ड नसुल्झिएका…जसको दो’षी अझै पनि पत्ता लागेन………

ब’लात्कार पछि ह’त्या गरिएकी निर्मला पन्तको एक वर्ष बित्दा समेत ह’त्यारा पत्ता लगाउन नसकेकै कारण प्रहरीको आ’लोचना भइरहेको छ । प्रहरीले नै अ’पराधी जोगाउन खोजेको र प्रमाण नष्ट गरेको भन्दै देशैभर प्रदर्शन समेत भयो । ह’त्यारा पत्ता लगाउन दबा’ब दिन भन्दै निर्मलाका आमाबाबु आ’मरण अनशनमा पनि बसे ।

तर, न प्रदर्शन न त अनशनले नै काम गर्‍यो । अहिलेसम्म प्रहरीले ह’त्यारा पत्ता लगाउन त परको कुरा, ह’त्या अनुसन्धान नै करिब शून्य अवस्थामा छ । निर्मलाका ह’त्यारा मात्रै होइन धेरै ह’त्याका’ण्डका अपराधीलाई कानुनी क’ठघरामा ल्याइएको छैन । यी हुन् ह’त्यारा पत्ता लाग्न नसकेका चर्चित १० ह’त्याका’ण्डहरुः

१. निर्मला ह’त्याका’ण्ड: गत वर्ष साउन १० मा ब’लात्कारपछि ह’त्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको ह’त्यारा अझै पत्ता लागेको छैन । यो घटना वर्ष २०७५ मा जति चर्चामा रह्यो सरकारका लागि उति नै टाउको दु’खाइको विषय बन्यो। ह’त्यारा पत्ता लगाउन भन्दै सात अनु’सन्धान टोली गठन भयो ।

८० जनाको डिएनए परीक्षण भयो । पाँच सयभन्दा बढीलाई सोधपुछ र १० हजारभन्दा बढीको कल डिटेल अध्ययन भए पनि दो’षी भने पत्ता लाग्न सकेको छैन। अनुसन्धानमा प्रहरीले नै लापरबाही गरेका कारण ह’त्यारा पत्ता नलागेको पी’डितको आ’रोप छ।

२. नमिता–सुनिता ह’त्याका’ण्ड: २०३८ जेठमा पोखरामा तीन युवतीको ह’त्या घटना अहिलेसम्म र’हस्यमय छ । ‘नमिता–सुनिता ह’त्याका’ण्ड’ नामले चर्चित सो घट’नामा नमिता भण्डारी र सुनिता भण्डारी दिदीबहिनी तथा उनीहरूकी साथी निरा पराजुलीको ब’लात्कारपछि ह’त्या भएको बताइए पनि अ’नुसन्धान कुनै निष्कर्षमा पुग्न सकेन ।

१८ जेठमा काठमाडौंबाट पोखरा घुम्न हिँडेका उनीहरू २४ जेठपछि बेप’त्ता भएका थिए। त्यसको ५ दिनपछि २९ जेठमा नमिता सेती नदीको खोँचमा मृ’त भेटिइन्। त्यसको ९ दिनपछि दिदी सुनिताको श’व पनि भेटियो। पाँच महिनापछि नजिकै सेती खोँचमै अर्की युवतीको पनि श’व भेटियो । तर, त्यतिबेला डिएनए परीक्षण प्रविधि नभएकाले श’व निराको हो होइन पुष्टि नै हुन सकेन।

३. पथरी ह’त्याका’ण्ड: गत वैशाख ७ मोरङको पथरी शनिश्चरे नगरपालिकामा २९ वर्षीया रिना बस्नेत आफ्नै डेरा अगाडि सडकमा न’ग्न अवस्थामा मृ’त फेला परेकी थिइन् । उनको मृ’त्यु शं’कास्पद देखिएपछि प्रहरीले अ’नुसन्धान थालेको थियो । स्थानीयले ह’त्यारा पत्ता लगाउन माग गर्दै केही दिन पूरै सडक ठप्प पारे। तर, प्रहरीले अझै ह’त्यारा पत्ता लगाउन सकेको छैन।

४. तीन बालबालिकाको ह’त्या प्रकरण: २०७४ असारमा भोजपुरको अरुण–१ प्याउलीमा तीन बालबालिकाको ह’त्या भएको थियो । स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जीव, चेतनाथ फुँयालका १३ वर्षीया छोरी सुष्मा र ८ वर्षीय छोरा प्रदीपको श’व माछापोखरीमा भेटिएको थियो । घटनाको अनुसन्धानमा सिआइबीबाट समेत टोली खटिए पनि सफलता हात लागेको छैन ।

५. छोरीमैया महर्जन का’ण्ड: २०६६ मा हराएकी काठमाडौं जैसीदेवलकी छोरीमैया महर्जनको अवस्था पनि प्रहरीले पत्ता लगाउन सकेको छैन । केही शं’कास्पद व्यक्तिलाई प्रहरीले प’क्राउ गरे पनि तथ्य जुटाउन सकेन, जस कारण छोरीमैयाको घ’टना र’हस्यमै छ ।

६. पूर्वराजदूत केशवराज झा ह’त्याका’ण्ड: गत ४ भदौमा बबरमहल स्थित घरमै ह’त्या गरिएका पूर्वराजदूत केशवराज झाका ह’त्यारालाई पनि प्रहरीले अहिलेसम्म प’क्राउ गर्न सकेको छैन । प्रहरी अ’नुसन्धान घटनाको गहिराइमा पुग्नै सकेको छैन । आफ्नै घरमा सुतिरहेको अवस्थामा च’क्कुले हानेर झाको ह’त्या भएको थियो । परिस्थितिजन्य अवस्था हेर्दा उनकै घरका पाले कान्छा तामाङको सं’लग्नता देखिए पनि प्रमाण नभेटिएकाले उनी छुटिसकेका छन् । छोरा–बुहारी विदेश गएको भोलिपल्टै झाको ह’त्या भएको थियो ।

७. अमर लामाको ह’त्या: तत्कालीन एमाले महासचिव मदन भण्डारीका चालक अमर लामाको १ साउन ०६० मा कीर्तिपुरमा ह’त्या भएको थियो । लामाका ह’त्यारा पक्राउ नपर्नुलाई मदन भण्डारीको ज्या’न गएको दु’र्घटनासँग जोडेर समेत विश्लेषण हुने गरेको छ।

८. पूर्वगृहमन्त्रीका पिएसओ ह’त्याका’ण्ड: पूर्वगृहमन्त्री खुमबहादुर खड्काका पिएसओ सई कुबेर कार्कीको ह’त्याका अभियुक्त हालसम्म पत्ता लागेका छैनन् । २० मंसिर ०६३ मा गोठाटारस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा ढोका खोल्न लगाएर खु’कुरी प्रहार गरी उनको ह’त्या भएको थियो । दबाबकै कारण यो अनुसन्धानले मूर्तरूप पाउन नसकेको प्रहरी अधिकारीहरू बताउँछन्।

९. सञ्चार उद्यमी हेमराज धिताल ह’त्या: रेडियो तुलसीपुरका तत्कालीन अध्यक्ष हेमराज धितालको ६ साउन ०६७ मा तुलसीपुर–१२ जसपुरमा गो’ली हानी ह’त्या भएको थियो । दाङमा पुग्ने हरेक प्रहरी प्रमुखले सो घ’टना पत्ता लगाउने घोषणा गरे पनि सफल भएका छैनन् । परिवार अहिले पनि न्याय माग्दै हिँडिरहेको छ।

१०. व्यवसायी दिवाकरको ह’त्या: २०६९ असोज १७ मा ललितपुरको धोबीघाटमा घरभित्रै व्यवसायी दिवाकर चन्दको घाँ’टी थिचेर ह’त्या भएको थियो । ह’त्या भएको दिन दिवाकर केही युवती सहित आफ्नो निवासमा गएका थिए । ती युवती माथि विभिन्न कोणबाट प्रहरीले केरकार गरे पनि अनुसन्धानले बाटो समाउन सकेन ।

जसका कारण अहिलेसम्म पनि ह’त्यारा पत्ता लाग्न सकेको छैन । यसरी वर्षौं बित्दा पनि प्रहरीले यी १० ह’त्या काण्डका अभियुक्तलाई प’क्राउ गर्न सकेको छैन । –एजेन्सी

प्रकाशित मिति २० जेष्ठ २०७७, मंगलवार ०८:०६