बलिउड संगीतकार वाजिदको आमालाई पनि देखियो को’रोना सं’क्रमण

एजेन्सी -बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको गएराती निध’न भएको छ । उनको को’रोनाका कारण ४२ वर्षको उमेरमा नि’धन भएको हो । उनको नि’धनको पुष्टी गर्दै चर्चित गायक सोनु निगमले ट्वीटरमा ‘मेरो भाइ वाजिदले हामीलाई छोडेर गए भन्दै स्टाटस लेखेका थिए ।

लामो समयदेखि मृगौलाको समस्यासँग जुधीरहेका उनको केही समय अघि मृगौला प्रत्यारोपण पनि गरिएको थियो । पछिल्लो १ सातादेखि उनलार्य भेन्टिलेटरमा राखेकोर उपचार गरिएको थियो ।त्यस्तै नायिका प्रियंका चोपडाले पनि उनको मृ’त्युको पुष्टी गर्दै ट्वीटरमा लेखेकी छिन्, ‘निकै भयानक समाचार । म सधैं साजिदको एउटा कुरा याद गरिरहनेछु, उनको हाँसो । सधैं हाँसिरहने । निकै छिट्टै बिदा भए ।

उनको परिवार र शो’कमा भएका सबैप्रति मेरो समवेदना ।’ त्यस्तै उनकी आमालाई पनि को’रोना भा’इरस सं’क्रमण पुष्टि भएको छ ।

भारतिय संचार माध्यमले जनाए अनुसार उनी पनि त्यही अस्पतालमा उपचार गरारहेकी छन् । को’रोना सं’क्रमणको पुष्टि भएपछि मुम्बईको सुराणा सेठिया अस्पतालमा उपचार गराइरहेकी उनको अहिले स्वास्थयमा सुधार आएको छ । बताइएको छ ।

प्रकाशित मिति २० जेष्ठ २०७७, मंगलवार ०६:३४