१०३ वर्षीया वृद्धाले कोरोना जि’तेपछि पिइन् आफूलाई मनपर्ने बियर

कोभिड १९ जितेपछि १०३ वर्षीया म्यासाचुसेट्स महिलाले एक चिसो बियर पिएर जितको खुशी मनाएकी छिन् ।

नर्सिङ्ग होमका कर्मचारीहरूले स्टेजनाको लगनशीलतालाई देखेर उनलाई उपहारको रूपमा मनपर्ने चिसो बियर दिइएको हो ।

अप्रिलको अन्त्यमा १०३ वर्षीया जेनी स्टेजेनालाई को’रोना भा’इरसको सं’क्रमण भएको पुस्टि भइसकेपछि उनको परिवारले खराब अवस्थाको लागि तयारी हुन थालिसकेका थिए ।

नर्सिङ्ग होमले स्टेजेनाले खान र पिउन छोडिसकेको हुँदा रातभर पनि बाँच्ने वा नबाँच्ने हुँदा परिवारलाई अन्तिम बिदाइको लागि बोलाइएको नातिनी शेली गनले सीएनएनलाई बताएकी छिन् ।

स्टेजेनाको नर्सिङ्ग होमबाट ग’म्भीर फोन कलको सट्टा, ८ मेका दिन स्टेजेनाको को’रोना परीक्षण गर्दा रि’पोर्ट नेगेटिभ आएको र उनी लक्षण मुक्तभएको खबर परिवारले पाए ।

नर्सिङ्ग होमका कर्मचारीहरूले स्टेजनाले को’रोनालाई जितेको हुँदा उनलाई उपहारको स्वरुप उनको मनपर्ने चिसो बियर खान दिइएकाे थियाे ।

प्रकाशित मिति २० जेष्ठ २०७७, मंगलवार ०३:२६