भारतबाट नेपाल आइ १४ दिन क्‍वारेन्टाइन बसेका पुरुषको पोखरामा नि’धन

पर्वत : को’रोना परीक्षण क्रममा शुक्रबार नेगेटिभ रि’पोर्ट देखिएका एक बिरामीको पोखरामा नि’धन भएको छ। स्याङ्जा फेदीखोला घर भएका ५१ वर्षीय ती पुरुषको उपचार क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा नि-धन भएको हो।

शुक्रबारको परीक्षणमा उनको रि’पोर्टमा को’रोना सं’क्रमण भएको पुष्टि नभएको भए पनि नि’धन भएका कारण पुनः स्वाब लिएर परीक्षणका लागि पठाइएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताएका छन्।

भारतबाट आएका ती पुरुष १४ दिन क्‍वारेन्टाइनमा बसेर घर गएका थिए। घर पुगेका उनमा स्वास्थ्य समस्या देखिएपछि अस्पतालमा लगिएको थियो। प्रादेशिक स्वास्थ्य आ’पत्कालीन कार्य सञ्चालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माले को’रोनाको सं’क्रमण छ वा छैन? भनी पुन स्वाब संकलन गरी परीक्षणका लागि पठाउन लागिएको बताएका छन्।

शुक्रबार आएको रि’पोर्टमा को’रोना सं’क्रमण नदेखिएकोले उनमा को’रोना नभएको बताउँदै शर्माले नि’धन कारण अन्य रोग भएको बताएका छन्।

प्रकाशित मिति १९ जेष्ठ २०७७, सोमबार १४:४५