अ’वैध स’म्बन्ध लुकाउन प्रेमीसँग मिलेर श्रीमानको ह’त्या !

२०७६ माघ १४ गते

मोरङ कटहरी गाउँपालिका– ७ का विकास सरदारको ह’त्या उनकै श्रीमतीको योजनामा भएको प्रहरी अ’नुसन्धानबाट खुलेको छ ।

प्रेमीसँगको सम्बन्धका बारेमा ४५ वर्षीय श्रीमान विकास सरदारले थाहा पाएपछि श्रीमती दयावती सरदारको सल्लाहमा प्रेमी बद्री सरदारसहितको समुहले ह’त्या गरेको खुलेको हो ।

३५ वर्षीय दयावती सरदारको दुई वर्षयता बोस भनिने ३६ वर्षीय बद्री सरदासँग प्रेम स’म्बन्ध थियो । सम्बन्धका बारेमा थाहा पाएपछि म’दिरा से’वन गराई तास खेल्ने बाहनामा ह’त्या गरेको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

विकासको श’व टाउकोमा पछाडि चो’ट लागेको अवस्थामा ग्रामथान गाउँपालिका–३ स्थित पानी जमेको खाल्डोमा ६ माघमा फेला परेको थियो । श्रीमतीको पर’पुरुषसँगको सम्बन्ध नै विकासको ह’त्याको मुख्य कारण रहेको अनुसन्धानबाट खुलेको अधिकारीले बताए ।

‘दयावती र उनका प्रे’मी बद्रीकै सल्लाहमा ह’त्याको योजना बनाएको देखिन्छ’ उनले भने ‘पछि ह’त्या गर्ने बेला ललन सरदार र करिया भनिने मुकेश सरदारले पनि सहयोग गरेको देखिन्छ ।’

अधिकारीका अनुसार विकासको घरमा म’दिरा पसल पनि छ । पसलमा मदिरा से’वन पछि तीनजनाले तास खेल्न भन्दै लिएर गएका थिए । घरदेखि केही पर पुगेपछि साथमै लगेको फलामको ड’ण्डीले ललनले टाउकोको पछाडि प्र’हार गरे ।

र’ड प्रहारपछि ढलेका विकासको घाँ’टीमा गाम्छाले कसेर ह’त्या गरी नजिकैको खाल्डोमा फालेका थिए । ह’त्या गरिसकेपछि पानीमा डु’बेर मृ’त्यु भएको देखाउन खाल्डोमा लगेर हालेको अधिकारीले बताए ।

प्रहरीले गत शनिबार बद्रीलाई घरैबाट प’क्राउ गरेको थियो । उनको बयानका आधारमा दयावती, ललन र मुकेशलाई प’क्राउ गरिएको अधिकारीले बताए ।

प्रकाशित मिति १४ माघ २०७६, मंगलवार १३:३२