विराटनगरको सुधार गृहमा युवकको मृ’त्यु

विराटनगर । विराटनगरमा रहेको पूर्वाञ्चल बाल सुधार गृहमा कैद भुक्तान गरिरहेका एक युवकको मृ’त्यु भएको छ ।

कर्तव्य ज्यान मु’द्दामा सजाय भोगिरहेका ताप्लेजुङको मौवाखोला गाउँपालिका ४ घर भएका १८ वर्षका विनम साँवाको मृ’त्यु भएको हो ।

उनी मृगौला रोगी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले बताए । शनिबार स्वास्थ्य समस्या देखिएपछि युवकलाई विराटनगरको नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । आइतबार बिहान उनको मृ’त्यु भएको हो ।

प्रकाशित मिति १९ जेष्ठ २०७७, सोमबार ०९:११