निजी सवारी चल्न दिइने तरिकाले लकडाउन खुकुलो बनाइँदै

काठमाडौं, १९ जेठ । नेपालमा पनि भुषको आ’गो स’ल्के जसरी को’रोना सं’क्रमित बढिरहेका बेला सरकारले लकडाउन खुकुलो बनाउँदै लैजाने तयारी गरेको छ । अत्यावश्यक सेवाका अलावा नागरिकलाई पनि निश्चित नियम पालना गरी कामको सिलसिलामा आवतजावत गर्न दिने तयारी गरेको बताइएको छ ।

नयाँ मोडालिटी अनुसार निश्चित समय तोकेर निश्चित व्यक्ति लागी निजी सवारी साधन चल्न दिइने जसमा दुई पाङ्ग्रेमा एक र चार पाङ्ग्रेमा दुईजना मात्र यात्रा गर्न सक्ने गरी खोल्ने तयारी भएको बताइएको छ ।

मोडालिटी अनुसार सिनेमा हल, सपिङ मल, रेष्टुरेन्ट बारहरु भने जेठभर नै बन्द हुनेछन् ।

यो मोडालिटी २० जेठबाट गर्ने कि १ असारबाट गर्ने टुंगो भने लगाइएको छैन । यो नियम कोरोनाको सं’क्रमण कम फैलिएका ठाँउमा मात्र लागु गर्न दिइने बताइएको छ ।

हिमाल, पहाड र तराईका जिल्लाहरुको कोरोना सं’क्रमण जोखिमको अवस्था हेरी लकडाउनमा आवतजावत गर्न दिने भएपनि कामबाहेक अनावश्यक नपाइने बताइएको छ । मोडालिटी अनुसार सिनेमा हल, सपिङ मल, रेष्टुरेन्ट बारहरु भने जेठभर नै बन्द हुनेछन् । त्यस्तै भारतसँगको सिमामा भने क’डाई गरिनेछ । २० वटा नाकाबाट मात्र आवतजावत गर्न पाइने बताइएको छ ।

प्रकाशित मिति १९ जेष्ठ २०७७, सोमबार ०३:५९