पन्जा प्रयाेगले बढ्छ कोरोना सं’क्रमणको जोखिम

विश्वव्यापी म’हामारीको रूप लिएको कोरोना भा’इरसबाट जोगिन धेरै मानिसले मास्क पन्जा लगायतका सामाग्री प्रयोग गर्छन ।

सं’क्रमितको संख्या थप भइरहेको अवस्थामा आफूलाई सुरक्षित राख्न सार्वजनिक स्थानहरूमा मास्क लगाउन, सामाजिक दुरी अपनाउन र हात सफा राख्ने अभ्यास अनिवार्य गरिएको छ ।

सं’क्रमणको डरका कारण स्थानीय किराना पसल वा फार्मेसी जस्ता सार्वजनिक स्थानहरूमा जादा मानिसहरू पन्जा पनि लगाउन थालेका छन् ।

पन्जा सं’क्रमणको जो’खिम कम गर्ने स्पष्ट समाधान होइन । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडीसी)ले समेत कुनै खास परिस्थिति बाहेक पन्जा लगाउन सिफारिस गरेको छैन ।

विभिन्न परिस्थितिहरूमा पनि पन्जाहरूलाई उचित रुपमा डिस्पोज गर्न सके मात्र प्रभावकारी हुन्छन् । तर, किराना सामाग्री किनमेलको कुरामा पन्जा प्रभावकारी हुँदैन ।

पन्जा लगाएर कुनै दूषित सतहलाई छोएका अवस्थामा भाइ’रस पन्जामा सर्छ र औंलाहरूमा टाँसिन सक्छ । यस बाहेक, पन्जाले सुरक्षाको गलत अर्थ दिइरहेको हुँदा व्यक्तिले आफ्नो अनुहार र मुख छोइरहन्छन्, जसले सेल्फ कन्टामिनेसन हुने सम्भावना अधिक हुन सक्छ ।

पन्जाले कुनै सुरक्षा प्रदान गर्दैन् । पन्जा फुकाल्नु नै पन्जा लगाउनुको गार्हो हिस्सा मानिन्छ । सतर्क हुन नसकेको खण्डमा की’टाणुहरू हात तथा शरीरको अन्य भागहरूमा सर्न सक्छ ।

एक पटक लगाएको पन्जा फेरी प्रयोगमा ल्याउनु हुँदैन् । पन्जा हटाएपछि पन्जालाई राम्ररी फ्याकेर २० सेकेन्डसम्म आफ्नो हात साबुन र पानीले धुनुपर्छ ।

पन्जाले भा’इरसको सम्पर्कमा आँउन सक्ने जो’खिमलाई कम गर्दैन् र बारम्बार हात धुनेबाट पनि बचाउँदैन् । पन्जा नलगाउँदा पनि सं’क्रमणको ख’तरा पन्जा लगाउँदाको अवस्थामा जस्तै हुन्छ । किराना पसलमा खाद्यान्न उत्पादनहरू छोएमा सं’क्रमण हुदैन ।

एक पटक लगाएको पन्जा फेरी प्रयोगमा ल्याउनु हुँदैन् । पन्जा हटाएपछि पन्जालाई राम्ररी फ्याकेर २० सेकेन्डसम्म आफ्नो हात साबुन र पानीले धुनुपर्छ ।

सुरुमै किनमेल सूची तयार गरि केवल सामाजिक दूरी अपनाई आवश्यक समान खरिद गरेर सुरक्षित घर आउन सकिन्छ ।

सुरक्षाको लागि हातलाई सेनिटाइजरले सफा गरे र शिपिंग कार्टको ह्यान्डललाई की’टाणुनाशकको प्रयोग गरि सफा गर्नुपर्छ । कुनै पनि उत्पादनहरू चाहिदैन भने नछुनुहोस् । र, घर फर्किए पछि हात २० सेकेन्डको लागि राम्ररी धुनुका साथै मोबाइल फोनलाई पनि सफा गर्नुपर्छ

प्रकाशित मिति १८ जेष्ठ २०७७, आईतवार १४:५७