धरौटीमा छुटेपछि आस्थाले गरिन् प्रहरीको प्रशंसा

२०७६ माघ १४ गते

गायिका आस्था राउत चार हजार रूपैयाँ धरौटीमा छुटेकी छन् ।

अभद्र व्यवहार सम्बन्धी क’सूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् ।

यो पनी पढ्नुहोस्

धरौटीमा छुटेपछि आस्थाले गरिन् प्रहरीको प्रशंसा

अ’भद्र व्यवहारको मु’द्दामा धरौटीमा रि’हा भएपछि गायिका आस्था राउतले प्रहरीको प्रशंसा गरेकी छन् । हिरासतमा आफूलाई प्रहरीबाट निकै सहज र राम्रो व्यवहार भएको उनले बताइन्

हँसिलो अनुहारमा आफ्नो बुवासँग बाहिर निस्केकी आस्थाले उपस्थित सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिएकी थिइन् । उनले यसअघि प्रहरीप्रतिको आफ्नो गलत बुझाइ दुई दिनमा फेरिएको समेत बताइन् ।

मैले प्रहरीलाई जुन रुपमा बुझेकी थिएँ, त्यो होइन रहेछ । प्रहरी साँच्चै जनताको साथी रहेको अनुभूति भयो । ग’ल्ति मबाटै भएको थियो । उहाँहरुले मलाई कुनै पनि नराम्रो व्यवहार गर्नुभएन,’ आस्थाले भनिन्

उनले यो घटना सबैका लागि पाठ भएको समेत बताइन् । ४ हजार रुपैयाँ ध’रौटीमा छुटेकी आस्थाले अब १४ फागुनमा सीडीओ कार्यालयमा हाजिर हुनुपर्ने छ । उनले प्रहरीलाई आफ्नोतर्फबाट पूर्ण सहयोग गर्ने बताएकी छन् ।

प्रकाशित मिति १४ माघ २०७६, मंगलवार ११:०६