को’रोनाको खोप अक्टोबरमा तयार हुन सक्ने

एजेन्सी, । एक अमेरिकन कम्पनीले को’रोना भा’इरस खोप अक्टोबरको अन्त्यसम्म तयार हुने दाबी गरेको छ ।

अमेरिकी औषधि निर्माता कम्पनी फाइजरका सीइओ अल्बर्ट बुर्लाले आफ्नो एक अन्तर्वार्तामा प्रयास गर्दै गरेको सबै कुराले साथ दिए को’रोना वि’रुद्धको भ्याक्सिन अक्टोबरको अन्त्य सम्म तयार हुने बताएका हुन।

औषधि कम्पनि फाइजर हाल जर्मन फर्म बायो एन टेकसँग मिलेर युरोप र संयुक्त राज्य अमेरिकामा धेरै सम्भावित खोपहरूमा काम गरिरहेको छ ।

एस्ट्राजेनेका नामको अर्को कम्पनीले यो वर्षको अन्त्यसम्म को’रोना वि’रुद्ध एक वा बढी खोपहरू तयार हुने दाबी गरेको छ ।

‘बीएनटी १६२’ नामको खोप अब आवश्यक क्लिनिकल स्वीकृति पाएपछि मानवमा परीक्षण गरिएको छ । साथै, एस्ट्राजेनेका नामको अर्को कम्पनीले यो वर्षको अन्त्यसम्म को’रोना वि’रुद्ध एक वा बढी खोपहरू तयार हुने दाबी गरेको छ ।

एस्ट्राजेनेका हाल अक्सफोर्ड विश्वविद्यालयसँग खोपमा काम गर्दैछ । जुन यहि वर्षको अन्त्यसम्म तयार हुने बताइएको छ ।

एस्ट्राजेनेकाका प्रमुख पास्कल सोरियट्सले उक्त खोपले धेरै व्यक्तिहरूको अपेक्षा बढाएको र यदि सबै चरणहरू सफल हुन सक्ने यस वर्षको अन्त्यसम्म हामीसँग खोप हुने बताएका छन् ।

प्रकाशित मिति १८ जेष्ठ २०७७, आईतवार ०६:२२